default_image

3 years ago

March 24, 2022

दक्षिण अफ्रिका महिला विश्वकपको सेमिफाइनलमा

139 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार वर्षाको कारण दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचका खेल स्थगित हुँदै एक एक अंक बाँडेसँगै सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक्का भएको हो । वेलिंगटनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका १०.५ ओभरमा ६१–४ को अवस्थामा पुन वर्षाभएपछि खेलनै स्थगित भएको हो । खेल वर्षाको कारण लामो समय रोकिदा २६ ओभरमा झाारिएको थियो ।

अंक तालिका

अष्ट्रेलिया ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । दक्षिण अफ्रिका ६ खेलमा ४ मा जित र १ मा हार सहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।

वेस्टइन्डिज ७ खेलमा ३ मा जित र ४ मा हार सहित तेस्रो स्थानमा छ । वेस्टइन्डिज सेमिफाइनलमा पुग्न भारत अन्तिम खेलमा आइतबार दक्षिण अफ्रिकासँग पराजित हुनुपर्छ । अथवा आइतबार नै इंग्ल्यान्डले बंगलादेशसँग हार बेहोर्नु पर्ने हुन्छ ।

इंग्ल्यान्ड ५ खेलमा ३ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । भारत ६ खेलमा ३ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा २ मा जित र ३ मा हार सहित छैटौं स्थानमा छ ।

बंगलादेश ५ खेलमा १ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । पाकिस्तान ६ खेलमा १ मा जित र ५ मा हार सहित पुछारमा छ । ८ देश सहभागी महिला विश्वकपमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.