default_image

8 years ago

December 3, 2016

आर्मी र एपिएफ बीच भलिबल च्याम्पियनसिन

147 views

0 Bookmark

कमला र दिल उत्कृष्ट खेलाडी
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ को सोझो सेटमा हराएको थियो । पुरुषतर्फ दिल र दुर्गाको जोडीले आफ्नै विभागका दिप खड्का र रिसीधन थापा मगरको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा हराए । दुवैतर्फको विजेता जोडीले २५ हजार दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो । 

biche-vollball

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा प्रतियोगितामा पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीले एपिएफका सुरेश चौधरी र मिलन मल्लको जोडीलाई २१–१२ र २१–१७ ले हरायो । महिलातर्फ भने पश्चिमाञ्चलका मञ्जु गुरुङ र अरुणा शाहीको जोडीले पुलिसकी निता शाह र मनिषा चौधरीको जोडीमाथी २–१ ले हरायो । पहिलो सेटमा २१–११ गुमाएपनि पश्चिमाञ्चलले अन्तिम दुई सेट २१–१६ र १५–११ ले जितको थियो । दुवैतर्फ तेस्रो हुने टोलीले समान १० हजार रुपैयाँ पाए । महिलामा कमला पुन तथा पुरुषमा आर्मीका दिल सुनार प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए र दुवैले समान ५ हजार रुपैयाँ पाए ।
नेकपा एमालेका सचिव योगेश भटृराई,नेपाल भलिबल सघंका अध्यक्ष मनोरञ्जन रमन शर्मा,उपाध्यक्ष रञ्जन खड्का तथा महासचिव जितेन्द्र चन्द र काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तिर्थ लाल श्रेष्ठ लगायतले खेलाडीलाई पुरस्कृत गरे । चार दिन सम्म चलेको राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपअन्तर्गत महिलाको पाँचौं र पुरुषको छैटौं संस्करणमा महिलातर्फ १४ र पुरुषतर्फ १५ टोलीको सहभागिता थियो ।

March 21, 2025

इटलीमाथि जर्मनीको पुनरागमन जित

एजेन्सी – युईएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा जर्मनीले इटलीमाथि पुनरागमन जित हासिल गरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा जर्मनीले इटलीमाथि २-१ को जित हासिल गरेको हो । पहिलो हाफमा १ गोलले पछि रहेको जर्मनीले दोस्रो हाफमा २ गोल थप्दै खेल जितेको हो । इटलीको घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा टिम क्लेनडिएन्स्ट […]

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.