3 years ago
March 20, 2022
धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम स्पोर्टस अवार्डको यसै महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आइतबार पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करण चैत २५ गते गते जानकारी दिएको हो ।
अवार्डको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं ।’
उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले बताए।
उत्कृष्ट खेलाडी महिला र पुरुषका विजेताले समान ३५ हजार, उत्कृष्ट प्रशिक्षकले ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताले समन २५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।
मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् पनि जोडिएको छ। अवार्डको मुख्य प्रवद्र्धकको रुपमा खेलकुद परिषद् जोडिएको मञ्चका अध्यक्ष ओझाले बताए। आइतबार अध्यक्ष ओझा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहबीच सम्झौता भएको छ ।
सदस्य सचिव सिंहले सरकारी स्तरबाट हुनुपर्ने कार्यक्रम खेलकुद पत्रकार मञ्चले गरेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम गरेको बताए। ‘तीन वर्षदेखि आयोजना भइरहेको अवार्डले खेलाडी र प्रशिक्षकको मनोवल बढाएको छ,’ सिंहले भने, ‘अवार्डमा जोडिन पाउँदा हामी पनि खुसी छौं।’
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन मंगलवार १७ देखि २१ वर्ष उमेर समूहमा सदभाव आचार्य शीर्षस्थानमा रहेका छन्। १-ओभर ६९ को स्कोरमा सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]