8 years ago
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति २५ फाल्गुन २०७५ देखि ४ चैत्र २०७५ सम्मका लागि आज बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले तोकेको छ।
बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको थियो। बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि (एसएओसी) को पहिलो बैठक राजधानीमा भएको हो।
भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न सहमति जनाएपनि भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छैन । बैठकमा नेपालसहित भुटान, श्रीलंका, पाकिस्तान र बंगलादेशका पदाधिकारीको सहभागिता रहेको छ ।
कति खेल हुने सम्बन्धमा भने पूर्ण जानकारी अर्को बैठकमा गरिने बताईएको छ।
बैठकले दक्षिण एसियाली ओलम्पिक कमिटि (एसएओसी)को मुख्यालय पनि नेपालमै स्थापना गर्ने निर्णय गरेको छ। यो निर्णयसंगै नेपाल अब दक्षिण एसियाली खेलकुदको एउटा मुख्य स्थान बनेको अध्यक्ष श्रेष्ठले बताए।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]