default_image

3 years ago

March 17, 2022

सरस्वती नहुँदा एपिएफको दशककै खराब नतिजा

198 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल एपिएफ क्लबको महिला टोलीले दुई महिना अघि सम्पन्न दोस्रो टाइगर कपमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । नेपाली भलिबलका उत्कृष्ट पाँच टोली सहभागी टाइगर कपको उपाधि उचालेको एपिएफले पछिल्लो दुई सातामा भने दशक यताकै कमजोर प्रदर्शन गर्यो ।

घरेलु महिला भलिबलमा उपाधिको प्रमुख दाबेदार मानिने एपिएफले पछिल्ला दुई प्रतियोगितामा स्तरीय खेल प्रदर्शन गर्न सकेन । त्यसको मुख्य कारण प्रमुख खेलाडी सरस्वती चौधरी चोटले टोलीमा नहुनु थियो ।

एपिएफ अघिल्लो साता झापामा सम्पन्न प्रथम दमक कप महिला भलिबल प्रतियोगिता सेमिफाइनलमा होंगान्जी न्यु डायमन्डसँग सोझो सेटमा पराजित भयो । नेपाल पुलिस क्लबसँग ३–१ सेटले हार्दै चौथो बन्यो । एपिएफ ९ वर्षपछि कुनै पनि प्रतियोगिताको शीर्ष ३ मा नपरेको पहिलो पटक थियो । लगत्तै चितवनको सिमलटाँढीमा सम्पन्न लोकबहादुर पुन स्मृति महिला भलिबल प्रतियोगितामा पनि एपिएफ चौथो बन्यो । एपिएफ सेमिफाइनलमा पुलिससँग र तेस्रो स्थानको प्रतिस्पर्धामा आर्मीसँग समान सोझो सेटमा हार्न पुग्यो ।

च्याम्पियन एपिएफ कमजोर बन्नुको मुख्य कारण प्रमुख खेलाडी ओपन स्पाइकर सरस्वती चौधरी र उषा कुमारी विष्ट टोलीमा नहुनु नै हो । कुनै समय वर्षमा हुने सबै घरेलु प्रतियोगिता एपिएफले जितेको इतिहास छ । अग्लो कद र शक्तिशाली स्पाइकमा माहिर सरस्वती एपिएफको जित सहज बनाउँदै आएकी थिइन् । वर्ष २०७५/७६ मा घरेलु महिला भलिबलमा एपिएफले खेलेको सबै प्रतियोगिता जित्दै एकछत्र राज गरेको थियो ।

एपिएफले मात्र होईन नेपालले प्राप्त गरेको पछिल्ला सबै सफलतामा सरस्वतीको योगदान त्यतिनै महत्वपूर्ण छ । १२औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा रजत पदक जित्दा होस वा दुई वर्षअघि र यस पटक महिना नेपालले सेन्ट्रल जोन जित्दा सबैमा सरस्वती टोलीको प्रमुख सदस्य थिइन् ।

सरस्वतीले गत माघमा बायाँ घुडाको शल्यक्रिया गरेको हुँदा ९ महिना कोर्ट बाहिर हुनुपर्ने हुन्छ । पुषमा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको थियो । बंगलादेशबाट फर्केपछि पुष २६ देखि माघ १ गते सम्म पोखरामा सम्पन्न टाइगर कप उपाधि जिताउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।

सरस्वती नहुँदा एपिएफको नतिजा खराब मात्र होईन समग्र टोलीको मनोबल र आत्माविश्वास दुवैमा ठुलो धक्का लागेको छ । एपिएफका प्रशिक्षक महेशप्रसाद चौधरी सरस्वती नहुँदा टोलीको मनोबल कमजोर भएको बताउँछन् । ‘हाम्रो दुई खेलाडी सरस्वती र उषा विष्ट छैनन् । सरस्वती नहुँदा हाम्रा खेलाडी मनोबल कमजोर बनाएर खेल्दा नतिजा आउन नसकेको हो’, चौधरीले भने ।

‘सरस्वती नहुँदा टोलीको मनोबल यसैपनि कमजोर हुन्छ । उनी नहुँदा सहजै जित्न सकिन्छ भनेर अरु टोलीले पनि दबाब दिएर खेलेका छन् । तर हाम्रा खेलाडी आफैं पछि परेका हुन् । हाम्रो खेल राम्रो छ । अंक पनि राम्रो छ । पुलिससँग पहिलो सेमिफाइनलमा १९–११ ले अघि थियौं, उनले भने ।

त्यसैमा उनले थपे, ‘सरस्वती विना त हाम्रो टोली त्यसै कमजोर भईसक्यो । सरस्वती नभएपनि हामी फाइनलमा पुग्न सक्थ्यौं । तर यदि एक खेलाडी एक्स्ट्रा (अरु भन्दा फरक) भएको भए ।’

‘९ वर्षपछि चौथो हुन पुग्यौं । म आफैंलाई नरमाइलो लागेको छ । १/२ जना खेलाडी धेरै मिस गरियो । पहिला सबै टोली सेमिफाइनलमा एफिएफसँग नपरोस भन्ने सोच्थें । अहिले एपिएफसँग परे सजिलै फाइनल पुग्न सकिन्छ भन्ने सोच्न थालेका छन्,’चौधरीले भने, ‘हामी सरस्वतीमा निर्भर थियौं । उविना जित्न सक्दैनौं भन्ने मानसिकता भयो । सरस्वती बिना हामी सक्दैनौं भन्ने मानसिकता राखेर खेलाडीले खेलेका छन् । तर हामी उ बिना खेल्न सक्छौं भनेर खेल्ने हो भने अवश्य जित्छौं ।’

त्यसो त प्रतियोगिता अघि एपिएफले निरन्तर अभ्यास गर्न पाएन । त्यसमाथि चोटले समस्या थपेको छ । एपिएफले स्पाइकर पुजा चौधरीलाई खेलाएको थियो । सिपाहीको तालिममा रहेकी पुजा टोलीमा खेलाडी नपुग्ने भएपछि पाँच दिनको प्रशिक्षणको भरमा खेलिन् । मिडल ब्लकर उषा विष्ट झापा जानु अघिल्लो दिन फागुन १८ मा खुट्टामा चोट बोक्न पुगिन् । प्रमुख खेलाडी निरुता ठंगुन्ना खुट्टा पूर्ण रुपमा फिट नहुँदा पनि खेलिन् । निरुता नखेल्दा एपिएफ प्रतियोगितानै नखेल्ने अवस्थामा पुगेको थियो ।

‘हामीले अब प्रशिक्षण गर्नुपर्छ । खेलाडीहरु खोज्नुपर्यो । हामीसँग सिमित खेलाडी छ । एउटा टिममा १२ जना खेलाडी चाहिन्छ । त्यसमा पनि हामी १० जना मात्र आएका थियौं’, चौधरीले भने

एपिएफकी उपकप्तान रेश्मा भण्डारी पनि सरस्वती नहुँदा आत्माविश्वासमा कमी आएको बताउँछिन् । ‘सायद म आएपछि एपिएफ पहिलो पटक चौथो भएको हो । सरस्वती म भन्दा एक वर्षपछि आएको हो । यसको कारण हाम्रो सेटको खेलाडी नहुनु हो । पहिला निमा श्रेष्ठले छोड्दा सरस्वतीलाई नेविका चौधरीले सहयोग गर्यो । नेविकाले छोड्दा निरुता आइन् । निरुतालाई सरस्वतीले सहयोग गरेकी थिइन् । तर अहिले मुख्य खेलाडी नै भएन,’रेश्माले भनिन् ।

त्यसैमा थपिन्, ‘समग्रमा धेरै अंक ल्याउने हाम्रो सरस्वती नै हो । सरस्वती नहुँदा हामीलाई धेरै समस्या भयो । सरस्वती नहुँदा हामीले पुजालाई राखेर खेलाउनु पर्ने हो । उ हाम्रो लागि नयाँ खेलाडी हो । पोखरामा टाइगर कप पछि पुजा सिपाहीको तालिमले प्रशिक्षणमा आउन पाइनन् । तयारी अनुसार पुजाको स्पाइक अझै राम्रो हो । उनीहरुले प्रयास नगरेको भने होईन । अलिकति आत्माविश्वाको भएन ।’

‘हार्न भनेर त कोहि पनि आउँदैन । म जित्छु भनेर सबै आएको हो । अलिअलि गल्ती सबैको हुन्छ । सरस्वती हुँदा जुन फिनिसिङ हुन्थ्यो त्यो भएन । आत्माविश्वास नै भएन । हामी अलिकित मिहिनेत गरेर मैले हाने भने खेल जित्छौं भन्ने सोच आएन,’रेश्माले भनिन् ।

सरस्वती भने आफू नहुँदा टोलीको नतिजाले धेरै नरमाइलो लागेको बताउँछिन् । ‘नरमाइलो अनुभव भइरहेको छ । टिम अहिले सम्म चौथो भएको थिएन । त्यसैले धेरै नराम्रो लागेको छ । हाम्रो टिमले आफ्नो खेल खेल्न सकेको छैन । आफ्नो खेल खेल्न सक्यो भने जित्न सक्छ जस्तो लाग्छ’, सरस्वतीले भनिन्, ‘अहिले पनि टिममा सबै जना आफ्नो ठाउँमा राम्रो छ । अलि जोशिएर आफ्नो खेल खेल्नुपर्छ । म नहुँदा पनि जित्न सकिन्छ ।’

सरस्वती नहुँदा खेलाडीले कमजोर ठान्नु भन्दापनि आफ्नो प्रदर्शन देखाउने अवसरको रुपमा लिनुपर्छ । सधैं प्रमुख खेलाडीको टोलीमा हुन्छ भन्ने हुँदैन । उ नहुँदा अर्को खेलाडीले त्यो भूमिका निर्वाह गर्न सक्नुपर्छ । त्यसको लागि टोलीले पनि त्यसै अनुसार तयारी, योजना र विकल्प तयार पार्नुपर्छ । प्रमुख खेलाडीको विकल्पबारे नसोच्दा एपिएफले अहिलको नतिजा बेहोर्नु परेको हो ।

सरस्वती हुँदा केहि युवा खेलाडी छायाँमा परेका हुनसक्छन् । छायाँमा परेका र माथि आउन खोजिरहेका खेलाडीलाई अवसर हो । सरस्वतीलाई कोर्टमा फर्किन अझै पनि ७/८ महिना लाग्छ नै । तर त्यो अवधिमा धेरै भलिबल प्रतियोगिता हुनेछन् । महिला भलिबलको शक्तिशाली टोलीको छवि बनाएले अहिलेको प्रदर्शनले भने त्यसलाई निरन्तरता दिन सक्दैन ।

प्रशिक्षक चौधरीले गम्भीर रुपमा सोच्दै खराब प्रदर्शनको समयमा खेलाडी थप हौसला र आत्माविश्वास देखाउने वातावरण बनाउन आवश्यक देखिन्छ । यो समयमा खेलाडीलाई दबाबम राख्नु भन्दा गल्ती सच्याउँदै आफ्नो उत्कृष्ट सेट तयार पार्नमा बढी ध्यान दिनुपर्छ । विभागीय टोलीमा पुग्न सामान्य प्रदर्शन गर्ने खेलाडी पक्कै सक्दैन । त्यसैले सबै खेलाडी उच्च मनोबलका साथ आफ्नो उत्कृष्ट खेल खेल्नमा ध्यान दिनुपर्छ ।

February 12, 2025

च्याम्पियन्स ट्रफी – स्मिथको कप्तानीमा अस्ट्रेलेलियन टोली घोषणा

एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]

February 12, 2025

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले सन् २०२५ को च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको टोट पूर्णरुपमा निको हुन सकेका नहुदाँ च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

Success

Thank you for your time.