default_image

8 years ago

December 2, 2016

भलिबलकी प्रतिभालाई न्यू डाइमन्डको सम्मान

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी खेलाडी प्रतिभा माली शुक्रबार आफै स्कुलमा सम्मानित भएकी छिन् । नैकापस्थीत न्यू डायमण्ड एकेडेमीले १० कक्षामा अध्ययनरत आफ्नै क्लबकी खेलाडी प्रतिभालाई नगद सहित सम्मानपत्र प्रदान गरेको छ ।

pratibha
हालै सम्पन्न माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रतिभालाई सम्मा गरेको हो । माल्दिभ्सको मिस्कीमागु इमेन क्लबबाट खेलेकी प्रतिभाले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई उपाधि दिलाउन सफल भएकी थिइन् । प्रतियोगिताभर उनी तिन पटक वुमन अफ म्याच समेत चूनिएकी थिइन् । त्यस्तै उनि प्रतियोगितामा विदेशी खेलाडी मध्येबाट उत्कृष्ट समेत घोषित भएकी थिइन् ।
नेपालकी नम्बर एक स्पाइकर समेत रहेकी प्रतिभालाई ४९ हजार नगद र सम्मानपत्रले प्रमुख अतिथी सभासद श्याम श्रेष्ठले सम्मान गरेका थिए । प्रतिभालाई न्यू डायमण्ड एकेडेमिकातर्फबाट २५ हजार,सभासद श्रेष्ठकोतर्फबाट १५ हजार र दर्शन ट्रान्सपोर्टका सञ्चालक अरुणा श्रेष्ठबाट ५ हजार र स्थानियले ४ हजार नगद प्रदान गरेका थिए । सम्मानका अवसरमा न्यू डायमण्ड एकेडेमिमा भलिबल एकेडेमि निर्माण लागि सभासद श्रेष्ठले पहल गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार राई र नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी माली लगायतको उपस्थीती थियो ।

pratibha-1

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.