3 years ago
March 13, 2022
चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्डकी युवा खेलाडी तथा मिडिल ब्लकर बालमिका आचार्य चितवन सम्पन्न लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । न्युु डायमन्डलाई उपाधि जिताउन फाइनलमा नेपाल पुलिस क्लब र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी बालमिका सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् ।
फाइनलमा पुलिसलाई ३–२ ले हराउँदै उपाधि जिताउन बालमिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । बालमिकाले नगद १० हजार र रु २५ हजार बराबर मोबाइल सेट प्राप्त गरिन् । प्रतियोगिता उत्कृष्ट स्पाइकर त्रिभुन आर्मी क्लबकी शान्ति थारु चुनिएकी छिन् । आर्मीलाई सेमिफाइनमा पुर्याउन उनले उच्च प्रदर्शन गरेकी थिइन् । आर्मीले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बनेको थियो ।
त्यस्तै न्यु डायमन्डकी प्रतिभा माली प्रतियोगिता उत्कृष्ट सर्भर चुनिन् । न्यु डायमन्डलाई उपाधि दिलाउन प्रतिभाले प्रतियोगिताभर उच्च प्रदर्शन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट सेटर नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, ब्लकर आर्मीकी युवा खेलाडी संगम महतो र डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिएकी छिन् ।
पुलिस फाइनलमा पराजित भएक पनि कमला पुन र शान्तिकलाले उत्कृष्ट प्रदर्शन गरेका थिए । च्याम्पियन न्यु डायमन्डका कुमार राई प्रतियोगिता उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट बाहेक अन्य सबै खेलाडीले जनही ५-५ हजार प्राप्त गरे ।
आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्डले विभागीय टोली पुलिसलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको थियो । न्यू डायमन्डले पुलिसलाई १८-२५, २५-१३, १९-२५, २५-२३ र १५-९ ले हराउँदै च्याम्पियन बनेको हो ।
प्रतियोगिताको विजेताले न्यु डाइमण्डले दुई लाख रुपैयाँसँगै ट्रफी मेडर र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पुलिसले एक लाख रुपैयाँ र तेस्रो भएको आर्मीले ५० हजार रुपैयाँ हात पारे । चौथो अर्थात सान्त्वना भएको एपिएफले २५ हजार हात पारे । तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले एपिएफलाई २५-२०, २५-१६ र २५-१२ ले हराउँदै तेस्रो बन्यो ।
कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा प्रतियोगितामा तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, वालिङ भलिबल क्लब, एभरेष्ट स्पोर्ट्स क्लब बुटवल, चुली युवा क्लब सुर्खेतसँगै आयोजक कर्पाकेली पुन युवा क्लबको सहभागिता थियो ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
धनगढी (हाम्रो खेलकुद)- ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ अर्को महिना आयोजना हुने भएको छ । छैठौं संस्करणको अवार्ड चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान […]