8 years ago
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज ओपन गल्फ प्रतियोगिता यसै साता गोकर्ण गल्फ क्लब हुनेछ । लगातार छैटौं बर्ष हुन लागेको प्रतियोगिता यसपटक शुक्रबार र शनिबार दुई दिन हुनेछ । नेपालको एमेच्योर गल्फ प्रतियोगितामध्येको एक प्रतियोगितालाई कतार एयरवेजले प्रायोजन गर्दै आएको छ । सन् २००३ मा भने कतार एयरवेज सह प्रायोजकका रुपमा रहेको थियो ।
१८ होलमा ३/४ स्टेबल फोर्ड ह्यान्डिक्यापमा हुने प्रतियोगितामा महिला,पुरुष, जुनियर, सिनियर गरि झन्डै सय खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा गोकर्ण फरेस्ट गल्फ क्लबका वरिष्ठ निर्देशक दीपक आचार्यले जानकारी दिए । जुनियर र महिलाको प्रतिस्पर्धा पहिलो दिन शुक्रबार र बाँकी प्रतिस्पर्धा शनिबार हुनेछ । प्रतियोगिताका विजेताले स्कटल्यान्डको इडिनबुर्गको दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट ग्रस, उपविजेता, महिला विजेता, महिला उपविजेता, सिनियर, जुनियर विजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिले पुरस्कार प्राप्त गर्नेछन् । कतार एयरवेजका कन्ट्री मेनेजर जयप्रका नायरले गोकर्ण फरेस्ट रिसर्टको सहकार्यमा गल्फ आयोजना गर्दा खुसी लागेको बताए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]