8 years ago
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको पतायामा हुने आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहितको नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ ।
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना प्रतियोगिता मंगलबार सुरु भई मंसिर २० गते सम्पन्न हुनेछ । प्रतियोगिताको शारीरिक सुगठनतर्फ पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, फिटनेस विधाको १ सय ७५ सेन्टिमिटरमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्सको १ सय ७० सेन्टिमिटरमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलाको मोडल फिजिक्स १ सय ७० सेन्टिमिटरमा ननिता महर्जनले भाग लिने छिन् ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी छन् । अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुभकामनासहित टोलीलाई सोमबार बिदाइ गरे ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]