3 years ago
January 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । एमआरआई रिपोर्टमा घुँडाको मिनिस्कस र कुरकुरे हड्डीमा समस्या देखिएकोले डाक्टरले शल्यक्रिया गर्नुे बताएको सरस्वतीले जानकारी दिइन् ।
सरस्वती आइतबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएकी छन् । सोमबार शल्यक्रिया हुने बताइएको छ । गत महिना बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको सरस्वतीले बताइएन् । बंगलादेशबाट फर्केपछि उनले पुष २६ देखि माघ १ गते सम्म पोखरामा भएको टाइगर कप भलिबलमा भाग लिएकी थिइन् । एपिएफलाई टाइगर कपमा पहिलो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।
‘बंगलादेशमा फाइनल खेल्दा चोट लागेको थियो । दुखाई हुँदाहुँदै जोशमा फाइनल खेलियो । पछि हिंड्दा पनि दुखिरहन्थ्यो । फर्कने बेला सम्म हिड्दा नदुख्ने भयो । जम्प गर्दा भने दुख्थ्यो,’ उनले भनिन्, ‘एमआरआई गराए । रिपोर्ट आएको थिएन । पोखरा गए । अलि अलि दुखाई हुँदा पनि खेले । त्यहाँ पेनकिलर र अर्को औषधी खाएर खेले ।’
सरस्वतीलाई कोर्ट फर्कन कम्तीमा ५ महिना लाग्ने अनुमान गरिएको छ । ‘शल्यक्रियापछि हुने फिजियोबाट कहिले कोर्टमा फर्कन सकिन्छ भन्ने थाहा होला’, सरस्वतीले भनिन्, ‘अहिले डाक्टरहरुले केहि भन्नुभएको छैन। सायद शल्यक्रिया पछि फिजियो सुरु गरेपछि भन्नुहोला ।’
सरस्वती राष्ट्रिय टोली र एपिएफकी महत्त्वपूर्ण खेलाडी मध्येकी एक हुन् । महिला टोलीले प्राप्त गरेको पछिल्ला सबै सफलतामा सरस्वती टोलीको सदस्य रहँदै आएकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा रजत पदक जित्दा उनी टोलीको सदस्य थिइन् । त्यस्तै दुई वर्षअघि र गत महिना नेपालले सेन्ट्रल जोन जित्दा पनि सरस्वती त्यसको सदस्य थिइन् ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
धनगढी (हाम्रो खेलकुद)- ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ अर्को महिना आयोजना हुने भएको छ । छैठौं संस्करणको अवार्ड चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान […]