default_image

8 years ago

November 26, 2016

राष्ट्रिय खेलकुदले ढोरपाटन महिला भलिबल सारियोे, ५ खेलाडीले स्कुटर पाउने

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका कारण ढोरपाटन ब्लू स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिप पछि सारिएको छ । राष्ट्रिय खेलकुद पुस ८ देखि १५ सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही दिनअघि सार्वजनिक गरेको थियो । ढोरपाटन ब्लू स्काई भबिल पुस २३ देखि माघ ८ गते सम्म सञ्चालन गरिने आयोजक ढोरपाटन स्पोर्ट्स प्रशिक्षण केन्द्रले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ढोरपाटनले यसअघि पुस ९ देखि २३ गते सम्म आयोजनाको मिति तय गरेको थियो ।

vp1
आयोजक प्रशिक्षक केन्द्रका अध्यक्ष एवंम् नेपाल भलिबल संघका अध्यक्ष मनवीर छन्त्यालले राष्ट्रिय खेलकुदका कारण मिति सार्नुपरेको प्रष्ट पारे । उनले भने , ‘हामीभन्दा राखेप नै सर्वाेच्च सस्था हो । राखेपले तोकेको मितिमा हामीले प्रतियोगिता सञ्चालन नगर्ने निर्णय लियौं ।’
१२ औं संस्करणमो ढोरपाटन भलिबलमा १० टोलीको सहभागिता रहने प्रशिक्षण केन्द्रले जानकारी दियो । जसमा साविक विजेता एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट स्कुल बुटवल, चण्डेश्वरी युथ क्लब रामेछाप, विजेश्वरी ज्ञानमन्दिर, रिड मोडल कलेज र आयोजक ढोरपाटन छन् । रिड मोडल कलेजबाट भारतीय खेलाडीले खेल्ने आयोजकले बताइएको छ ।
सर्वाधिक पुरस्कार राशिको महिला डबल लिग भलिबलको विजेताले उपाधिसहित ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार, चौथो ४५ हजार, पाँचौंले ३५ हजार, छैटौं २५ हजार र सातौंले १५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिए स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने क्लबका महासचव देवेन्द्र घतीमगरले जानकारी दिए । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पाउन्छन् । महिला भलिबल लिग सकिएपछि आयोजकले पाँचौ संस्करणको पुरुष भलिबल पनि आयोजान गर्ने बताएको छ ।
पोखराको ज्ञानुबाबा उच्च माविले मन्जु गुरुङको कप्तानीमा ढोरपाटनको दोस्रो संस्करण देखि छैटौं संस्करण सम्म लगातार पाँच पटक उपाधि जितेको थियो । त्यस्तै एपिएफले आठौं संस्करण देखि एघारौं संस्करण सम्म चारपटक उपाधि जितेको छ । पहिलो संस्करणमा आर्मी र सातौं संस्करण पुलिसले जितेको थियो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.