3 years ago
January 13, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।
आर्मीले टाइगरमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । आर्मीले २५–२२, २५–१९, १६–२५ र २६–२४ को जित निकाल्न सफल भयो । जितपछि आर्मीको ३ खेलबाट ६ अंक पुगेको छ । टाइगरले ३ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । चौथो सेटमा पुलिस ११–८ ले अग्रता लिदा रेफ्रीले दुवै टोलीसँगको छलफलपछि खेल स्थगित गरेको थियो । खेलमा डायमन्ड २–१ को सेटमा अग्रता लिइरहेको थियो । पहिलो सेट २३–२५ ले गुमाएको डायमन्डले त्यसपछिको दुई सेट क्रमश २५–२१ र २५–१७ को सेटमा जित निकालेको थियो ।
बिहीबार पुरुषतर्फ भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पहिलो सेटमा आर्मी २५–१५ ले विजयी भएको थियो । दोस्रो सेट २०–२५ ले गुमाएको आर्मीले तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २४–२३ को अवस्थाबाट दुई अंक जोड्दै २६–२४ को जित निकाल्न सफल भएको हो ।
जितसँगै आर्मीको तीन खेलबाट ६ अंक पुगेको छ । आर्मीसँगको हारसँगै साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल बाँकी रहेको गण्डकीको ३ खेलबाट ३ अंक नै छ ।
अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनायो । पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिको तीनै सेट २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ । महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।
प्रतियोगितामा शुक्रबार लिग चरणका अन्तिम खेल हुनेछ । पुरुषतर्फ आर्मी र पुलिस तथा हेल्प नेपाल र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ आर्मी र टाइगर, एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । न्यु डायमन्ड र पुलिसबीच स्थगित खेल पनि भोली हुनेछ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]