8 years ago
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक भलिबलका लागि पहिलो विदेश यात्रा नै प्रतिभा मालीका लागि यादगार बनेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा सम्मिलित माल्दिभ्सको मिस्यिागु इजी बिहीबार माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पिनसिपको उपाधि जितेको छ । टोलीको जितमा प्रतिभाको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो ।
टोलीले लिग र च्याम्पियनसिपमा गरि खेलेका ६ खेलमध्ये फाइनलसहित ४ मा प्रतिभा प्लेयर अफ दी म्याच बन्न सफल भइन् । लिगमा पराजित भएको खेल र सेमिफाइनलबाहेक टोलीका सबै खेलमा प्रतिभा उत्कृष्ट खेलाडी बन्न सफल भइकी हुन् ।
१५ बर्षे प्रतिभाले च्याम्पियन बन्ने लक्ष्यका साथ माल्दिभ्स पुगेको र त्यसमा सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गरिन् । ‘ पहिलो पटक बाहिर आउँदा पनि खासै दबाब थिएन । केही दिन अगाडि आएर टोलीका अन्य खेलाडीसँग सेट हुने मौका पाएकाले पनि सजिलो भयो’ प्रतिभाले हाम्रो खेलकुदसँग भनिन्,‘यहाँका स्थानिय खेलाडी हामै्र स्तरका हुन् । तर, अन्य विदेशी खेलाडीहरु भने हामी भन्दा स्तरीय छन् । उनीहरुसँग खेल्दा थप अनुभव बटुल्ने अवसर जुट्यो ।’
नेपाली टोलीको मुख्य सदस्य रहेकी प्रतिभाले माल्दिभ्सको अनुभवले राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरिन् । ‘यो अनुभवले पक्कै हामीलाई फाइदा पुग्नेछ ’ १३ बर्षको उमेरबाट नेपाली टोलीबाट खेल्दै आएकी उनले थपिन्,‘दक्षिण एसिया भन्दा बाहिरका खेलाडी जो हामीभन्दा माथिल्लो स्तरमा छन्, तीसँगै र त्यस्ता खेलाडीको विपक्षीमा खेल्दा फाइदा हुन्छ नै ।’
व्यवसायिक भलिबल खेल्नका लागि राष्ट्रिय टोलीकी अर्की सदस्य कोपिला उप्रेतीसँगै माल्दिभ्स पुगेकी थिइन् । उनीहरुका व्यवस्थापकका रुपमा नेपाल भलिबल संघकी नेपाल भलिबल संघकी सुनकेशरी मालीका त्यहाँ पुगेकी छिन् ।
प्रतिभाले आउने दिनमा अन्य खेलाडीले पनि माल्दिभ्समा मौका पाउने अपेक्षा राखिन् । ‘यहाँ हाम्रो प्रदर्शन राम्रो भयो । क्लबको व्यवस्थापन एकदम खुसी छ,’ उनले थपिन् ‘मलाई लाग्छ आउने दिनमा अन्य खेलाडीले पनि यहाँ व्यवसायिक भलिबल खेल्ने मौका पाउनेछन् ।’ यसपटक राष्ट्रिय टोलीकै मञ्जु गुरुङ र अरुणा शाहीले फेयस्दाबाट खेलेको थिए । भलिबल खेल्नकै लागि कोपिला यसअघि पनि माल्दिभ्स पुगेकी थिइन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]