3 years ago
January 12, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
पुलिसले एपिएफमाथि २५–२१, २३–२५, २५–२३ र २५–१९ को जित निकाल्यो । जितसँगै अपराजित रहेको पुलिसको ३ खेलबाट ८ अंक पुगेको छ । एपिएफले लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । जितपछि हेल्प नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । आर्मीको दुई खेलबाट ३ अंक छ ।
महिलातर्फ नेपाल एपिएफ क्लबले होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको छ । एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ को जित निकाल्यो । जितसँगै एपिएफको दुई खेलबाट ५ अंक पुगेको छ । हारका बावजुत डायमन्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अर्काे खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिला जित दर्ता गरेको छ । पुलिसले टाइगरमाथि २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा जित निकालेको हो । जितसँगै पुलिसको दुई खेलबाट ३ अंक छ । टाइगरले अंकको खाता खोल्न सकेको छैन ।
१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ । महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ ।
हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् । प्रतियोगितामा बिहीबार पुरुष र महिलातर्फ समान दुई खेल हुनेछ । पुरुषतर्फ आर्मी र गण्डकी तथा हेल्प नेपाल एपिएफबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ आर्मी र टाइगर ग्रुप तथा न्यु डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]