3 years ago
January 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल च्याम्पियन होंगान्जी न्यु डायमन्ड क्लब र खेलकुद सामग्री कम्पनी केल्मीबीच सम्झौता नविकरण भएको छ ।
गत वर्ष सुरु भएको सम्झौतालाई दुवै पक्षले मंगलबार एक कार्यक्रममाझ नविकरण गरेका हुन् । केल्मीको तर्फबाट आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार केल्मीले न्यु डायमन्डलाई एक वर्षका लागि आवश्यक खेलकुद पोशाक र भलिबल उपलब्ध गराउनेछ । न्यु डायमन्डले वर्षभर सहभागिता जनाउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्नेछ ।
केल्मीका निर्देशक न्यौपानेले न्यु डायमन्डसँगको सम्झौता दीर्घकालिन रहेको र खेलकुद विकासमा आफ्नो साथ निरन्तर रहने बताए । यस्तै अध्यक्ष मालीले केल्मीको साथलाई धन्यवाद दिँदै आगामी दिनमा थप सफलता हात पार्न मनोबल उच्च हुने बताइन् ।
न्यु डायमन्डले अर्को साता पोखरामा हुने दोस्रो टाइगर कप भलिबलमा सहभागिता जनाउँदै छ । केल्मीले यसै वर्षदेखि राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीलाई समेत प्रायोजन गर्दै आएको छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]