default_image

3 years ago

December 28, 2021

सेन्ट्रल जोनमा अरुणा र सलिनालाई अवार्ड

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी छन् ।

नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनकै कप्तानीमा नेपालले लगातार दोस्रो संस्करणमा पनि च्याम्पियन बन्न सफल भएको थियो । त्यस्तै नेपालकै सलिना श्रेष्ठ च्याम्पियनसिपको उत्कृष्ट लिवेरो चुनिएकी छन् । उनले पनि नेपालको च्याम्पियन यात्रामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर चुनिदा किर्गिस्तानकी आइदाई कादी उत्कृष्ट ब्लकर चुनिइन् । उज्वेकिस्तानकी इजोजारखोन सातिबोल देइभा च्याम्पियनसिपको सर्वाैत्कृष्ट खेलाडी चुनिइन् । उनीहरु सबैले ट्रफी पाए ।

मंगलबार ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

Success

Thank you for your time.