default_image

3 years ago

December 28, 2021

शुक्रलाई इस्टर्न ओपनमा अग्रता

161 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन अग्रता लिएका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले समग्रमा रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका शुक्रले दोस्रो दिन ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे । फ्रन्ट नाइनमा ३ अन्डर ३३ स्कोर जोडेका उनले ब्याक नाइनमा इभन पार ३४ स्कोर लेखाए । उनले तेस्रो, छैटौं र नवौं होलमा बर्डी लेखाएका थिए । ब्याक नाइनको १२ औं र १६ औं होलमा बर्डी लेखाएका उनले १४ औं र १७ औं होलमा बोगी खेपेका थिए ।

दोस्रो स्थानका रवी खड्काले १ अन्डर १ सय ३९ स्कोर बनाएका छन् । रवीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए । पहिलो दिन अग्रतामा रहेका निरज तामाङले दोस्रो दिन ४ अन्डर ७४ को स्कोर जोड्दै समग्रमा तेस्रो भए । उनले समग्रमा १ ओभर १ सय १४१ स्कोर जोडेका छन् ।

समग्रमा २ ओभर १ सय ४२  स्कोरसहित बलभद्र राई र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् । छैटौं स्थानमा ४ ओभर १ सय ४४ स्कोर जोडेका सुर्य प्रसाद शर्मा रहेका छन् । संयुक्त सातौँ स्थानमा ६ ओभर १ सय ४६ स्कोरसाथ संजय लामा र सविन सापकोटा छन् । नवौं स्थानमा ७ ओभर १ सय ४७ स्कोर जोडेका टंकबहादुर कार्की तथा संयुक्त दशौं स्थानमा नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्काले ९ ओभर १ सय ४९ स्कोर जोडेका छन् ।

एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ अग्रतामा छन् । उनले १ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा ६ ओभर १ सय ४६ स्कोर जोडेका छन् । उनलाई ७ ओभर १ सय ४७ स्कोरसहित  स्थानीय गल्फर जितेन्द्र राई र युवराज भुजेलले पछ्याएका छन् । एमेच्योरतर्फ यी तीनसँगै जीवन राई, सद्भाव आचार्य र बुद्धिमान सुनुवारले कट बनाए ।

समग्रमा १५ ओभर १ सय ५५ वा सोभन्दा कम स्कोर बनाएका २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका छन् । कट बनाउनेमा व्यावसायिक खेलाडी दीनेश प्रजापति (१५१), भीमसेन चौलागाईं, कृष्णमान राजवाहक (१५२), रामे मगर, प्रदीपकुमार लामा (१५३), विनोद तामाङ (१५४), संजोक मोक्तान, जयराम श्रेष्ठ, रमेश अधिकारी, दीपक मगर र शिवराम पौडेल (१५५) छन् ।

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । कट बनाउने सम्पूर्ण व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

April 11, 2025

क्षेत्री कुकिवन अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]

April 11, 2025

१०औं राष्ट्रिय खेलकुद पुनः स्थगितको सम्भावना!

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा जेठमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद पुनः स्थगित हुने सम्भावना बढेको छ । सचिवालय स्थापनागरि विभिन्न उपसमिति समेत गठन भइसकेपनि राष्ट्रिय खेलकुद नहुने देखिएको हो । पटक पटक स्थगित राष्ट्रिय खेलकुद पछिल्लो पटक २०८२ जेठ ३ देखि १० गते सम्म गर्ने बताइएको थियो । युवा तथा खेलकुद मन्त्रालयमा जारी […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

Success

Thank you for your time.