3 years ago
December 27, 2021
धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो निरज तामाङले धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको सुर्य नेपाल इस्टर्न ओपनमा अग्रता लिएका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ को दोस्रो प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी समेत रहेका निरजले पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका हुन् ।
धरान गल्फ क्लबमा ३ अन्डर ६७ को स्कोर लेखाउँदै निरज पहिलो दिन अन्डर पार खेल्ने एकमात्र गल्फर बने । निरजलाई सुर्यप्रसाद शर्माले इभन पार ७० स्कोरसहित पछ्याइरहेका छन् । निरजले फ्रन्ट नाइनमा १ अन्डर ३५ तथा ब्याक नाइनमा २ अन्डर ३२ को स्कोर लेखाए । उनले चौथो होलमा बोगी खेपेपनि पाँचौ र सातौं होलमा बर्डी लेखाए । १२ औं होलमा इगल प्रहार गरेका निरजले १२ औं होलमा बोगी तथा १५ औं होलमा बर्डी लेखाए ।
अर्का स्थानीय गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्की १ ओभर ७१ स्कोरसहित तेस्रो स्थानमा छन् । पाँचौ स्थानमा ३ ओभर ७३ स्कोर जोडेका नेपाल नम्बर १ भुवन नगरकोटी, धनबहादुर थापा, संजय लाम र रवी खड्का रहेका छन् । ४ ओभर ७४ स्कोरका साथ भुवन कुमार रोक्का नवौं स्थानमा छन् । जारी सिजनको पहिलो प्रतियोगिता काठमाडौं ओपनका विजेता जयराम श्रेष्ठ ८ ओभर ७८ स्कोरका साथ समग्रमा २८ औं स्थानमा छन् ।
एमेच्योरतर्फ ५ ओभर ७५ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई, युवराज भुजेल र सद्भाव आचार्य छन् । १३ औं सागका स्वर्णधारी तथा काठमाडौं ओपनका एमेच्योर विजेता सुभाष तामाङले ७ ओभर ७७ स्कोरका साथ एमेच्योरतर्फ छैटौं स्थानमा छन् । उनीभन्दा अघि ६ ओभर ७६ स्कोरका साथ स्थानीय गल्फरद्वय बुद्धिमान सुनुवार र जीवन राई रहेका छन् । संदेश खनाल र विदुर तामाङको पनि ७ ओभर ७७ स्कोर रहेको छ ।
तीन दिन चल्ने प्रतियोगिताको दोस्रो दिन पछि २१ व्यावसायिक र कम्तिमा ६ एमेच्योर गल्फरले कट बनाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो दिनसम्म ३६ होलको खेल पछि अन्तिम दिन कट हुनेछ ।
सहभागी ३० प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।
April 11, 2025
विराटनगर (हाम्रो खेलकुद)- भारत पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसिसी क्रिकेट क्लब शुक्रवार चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पुगेका छन्। मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगरको जुट मिलको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]