3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन भलिबल अन्तर्गत नेपाली महिला राष्ट्रिय भलिबल टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलनजिक पुगेको हो ।
शनिबार आयोजक टोलीविरुद्ध नेपालले औसत प्रदर्शन गर्दै एकपक्षीय नतिजा निकालेको हो । पहिलो सेटमा २५-५ को सहज जित निकालेको नेपालले दोस्रो सेट २५-१५ ले जितेको थियो । तेस्रो सेटमा कमजोर सुरुवात गरेपनि नेपालले २५-१७ को जित हासिल गर्यो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालको तीन खेलबाट ८ अंक छ । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानको ६ अंक छ । यस्तै श्रीलंकाको ४ तथा किर्गिस्तानको ३ अंक छ । बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।
पुरुषतर्फ नेपालले आज नै नेपालले श्रीलंकासँग साँझ ५:४५ बजे खेल्दैछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै जित निकालेको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
March 4, 2025
एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]
March 4, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्को महिना हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ रहनेछ । मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। […]