3 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बंगलादेश बिहीबार खेल्दै नेपाललले एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपको सुरुवात गर्दैछ । अन्तिम समयमा माल्दिभ्सले भाग लिने पक्का भएपछि पुरुषतर्फ फेरि ५ टोलीले नै प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ । त्यस्तै आजै उज्वेकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले दोस्रो खेलमा शुक्रबार उज्वेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले मंगलबार फाइनल खेल्नेछन् । त्यसअघि सोही दिन तेस्रो र चौथो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।
पाँच वर्षअघि नेपालले सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । त्यो नेपालले जितेको भलिबलको त्यो पहिलो र एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।
महिलातर्फ बिहीबार नै सुरु भएको च्यालेन्ज कपमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । महिलातर्फ नेपाल साविक विजेता टोली हो । प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने बताएको छ ।
March 4, 2025
एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]
March 4, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्को महिना हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ रहनेछ । मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। […]