3 years ago
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर जयराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै करिअरकै पहिलो उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा विहीबार जयरामले नेपाल नम्बर १ भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधिसहित १ लाख १० हजार रुपैयाँ हात पारे । करिअरको १४ औं सिजन खेलिरहेका जयरामले अन्तिम दिन ४ अन्डर ६४ सहित समग्रमा ९ अन्डर २ सय ६३ स्कोर जोडे । भुवनले अन्तिम दिन २ अन्डर ६६ स्कोर जोड्दै समग्रमा ७ अन्डर २ सय ६५ अंक जोड्दै ७४ हजार रुपैयाँ प्राप्त गरे ।
तेस्रो स्थान हासिल गरेका भुवन नगरकोटीले इभन पार ६८ सहित समग्रमा ५ अन्डर २ सय ६७ स्कोर बनाए । उनले ६० हजार रुपैयाँ जिते । उपाधिका दाबेदार मानिएका रवि खड्कासँगै संयुक्त चौथो स्थानमा कुमार कामी र भुवन कुमार रोक्का रहे । सबैले समग्रमा ३ अन्डर २ सय ६९ स्कोरसहित जनही ४२ हजार रुपैयाँ हात पारे ।
अघिल्लो दिन २ स्ट्रोकले अग्रतामा रहेका रवि खड्काले चौथो दिन ४ ओभर ७२ को बिर्सनलायक प्रदर्शन गरे । सुरुवाती तीन होल बर्डी प्रहार गरेका उनले पाँचौ होलमा त्रिपल बोगी खेपेका थिए । रविले फ्रन्ट नाइनमा १ ओभर ३५ तथा ब्याक नाइनमा ३ ओभर ३७ अंक बनाए ।
एमेच्योरतर्फ १३ औं सागका स्वर्ण पदक विजेता सुभाष तामाङले उपाधि जिते । उनले समग्रमा २ अन्डर २ सय ७० स्कोर जोडे । अन्तिम दिन उनले इभन पार ६८ स्कोर लेखाएका थिए । एमेच्योरको उपविजेता निश्चय जंग रायमाझी भए । उनले १९ ओभर २ सय ९३ स्कोर बनाए ।
कुल ५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । विजेता गल्फरहरुलाई सुर्य नेपालका उपाध्यक्ष दिप्रा लहिरी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्ड बहादुर श्रेष्ठ र प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा जेठमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद पुनः स्थगित हुने सम्भावना बढेको छ । सचिवालय स्थापनागरि विभिन्न उपसमिति समेत गठन भइसकेपनि राष्ट्रिय खेलकुद नहुने देखिएको हो । पटक पटक स्थगित राष्ट्रिय खेलकुद पछिल्लो पटक २०८२ जेठ ३ देखि १० गते सम्म गर्ने बताइएको थियो । युवा तथा खेलकुद मन्त्रालयमा जारी […]