8 years ago
November 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको महिला भलिबल लिगमा बिहीबार नेपाली राष्ट्रिय टोलीकी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित टोलीले मिस्कियागु इजीले नेपाली टोलीकै सदस्य मञ्जु गुरुङ र अरुणा शाही रहेको टोली फेयस्दालाई पराजित गरेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा मिस्कियागु इजीले २५–२३, २६–२४, २५–२२ को प्रतिस्पर्धा जित हासिल गरेको थियो । मिस्कियागु इजीको लिगमा यो तेस्रो जित हो भने फेयस्दाको तेस्रो हार । मिस्यियागुको हरेक जितमा प्रतिभा मालि क्विन अफ दी म्याच रहन सफल भइन् । महिला लिगमा ५ टोलीको सहभागिता रहेको छ । हरेक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपाली चार जनाले माल्दिभ्समा व्यवसायिक लिग खेल्ने मौका पाएका हुन् । कोपिला यसअघि नै माल्दिभ्स लिगमा खेलिसकेकी थिइन् भने अन्य तीन खेलाडीले पहिलो पटक मौका पाएका हुन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]