default_image

3 years ago

November 19, 2021

राष्ट्रिय टोलीमा मानबहादुर र दिलको पूनरागमन

370 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक टोलीमा तीन खेलाडीले पूनरागमन गर्दा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटबाट २० सदस्यीय टोली छनोट हुँदा मानबहादुर श्रेष्ठ, दिल बहादुर सुनार र भैरव बमले राष्ट्रिय टोलीमा पूनरागमन गर्दा झमन सिंह दर्जी र धिरज बस्नेतले पहिलोपटक प्रारम्भिक टोलीमा पर्न सफल भएका हुन् ।

पुरुष टोलीका डच प्रशिक्षक हान एबिङले एभिए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीबाट २० खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएका हुन् । मानबहादुर र दिल नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद अन्तरगत बिच भलिबल टोलीमा रहेका थिए ।

धिरज बस्नेतले गत असोजमा एनभिए च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबबाट खेलेका थिए । उनी गत वर्ष पोखरामा भएको टाइगर कपमा भने पुलिसको टोलीमा रहेका थिए । झमनसिंहले पुलिसबाट व्यवसायिक खेल्दै आएका छन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले खेलाडी छनोटको लागि सातै प्रदेशबाट २–२ जना र एनभिए च्याम्पियनसिपबाट छनोट भएको गरी ३३ जनाले छनोटमा प्रतिस्पर्धा गरेको जानकारी दिइन् । उपाध्यक्ष मास्केले पुरुष टोलीको बन्द प्रशिक्षण शुक्रबारबाटै सुरु भएको र दैनिक दुई सत्रमा प्रशिक्षण हुने जानकारी गराइन् । एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी डिसेम्बर २१ देखि २९ सम्म सञ्चालन हुँदैछ ।

बन्द प्रशिक्षणमा छनोट भएका २० खेलाडी :

इम बहादुर राना, हरि थापा, दुर्गा महतो, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, धिरज बस्नेत, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनार, हरि बहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द र इश्वर थापा

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

Success

Thank you for your time.