default_image

3 years ago

November 17, 2021

सुशील र पुरन सेमिफाइनलमा

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मीका सुशील थापा र नेपाल एपिएफ क्लबका पुरन राई प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत आ-आफ्नो तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगितामा सुशीलले ४८ केजी तौल समूहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । उक्त स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा एपीएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । एचटुओका बुद्ध ग्याल्मो लामाले आर्मी ‘बी’ का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे ।

पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपीएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ५४ केजीमा आर्मी ‘बी’ का सुदिप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भीपीबीसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निसान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपीएफका सोनम सार्की सेमिफाइलनल पुगे ।

February 7, 2025

नेपालले टस जित्यो, राजमतीको डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा अलिशाकुमारी […]

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

Success

Thank you for your time.