3 years ago
November 17, 2021
सुबास हुमागाईं, काठमाडौं
विश्व बक्सिङको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आइपुगेका छन् । नेपाल बक्सिङ संघको निमन्त्रणामा क्रेम्लेभ दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।
रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि नेपाल आएको हो । भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता पनि हेर्ने कार्यक्रम छ । उनी विहीबार स्वदेश फर्कनेछन् । विमानस्थलमा स्थानीय नेवारी भेषभुषासहितको झाँकीले उनलाई स्वागत गरेको थियो । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, महासचिव सविन भट्टाचार्य लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
बुधबार विमानस्थलमा आइपुगेपछि क्रेम्लेभले आफू नेपाली बक्सिङलाई नजिकबाट नियाल्दै खेलको विकासमा सहयोग गर्न आएको बताए । ‘मैले विदेशमा नेपाली खेलाडीहरु खेलेको हेरेको छु । यसपटक नेपाल बक्सिङ संघले मलाई निम्तो दियो । यहाँ बक्सिङ कस्तो छ हेर्दै आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नेछु । यहाँका खेलाडीलाई पुरस्कृत गर्नेछु । नेपालको बक्सिङ विकास गर्न के कस्तो कदम चाल्न सकिन्छ हेर्नेछु,’ उनले भने ।
क्रेम्लेभले नेपालको हिमालजस्तै बक्सिङलाई पनि उच्च विन्दुमा पुर्याउन सकिने बताए । ‘नेपालमा अग्लो हिमालहरु छन् । यहाँका खेलाडी पनि बलिया छन् । अब यहाँको बक्सिङलाई उच्च विन्दुमा पुर्याउन आवश्यक कदम चाल्नेछौं । हामीले यहाँ सरकरसँग पनि छलफल गर्नेछौं । आशा गरौँ फलदायी नै हुनेछ,’ उनले थपे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले क्रेम्लेभ नेपाल आउनु नै नेपालको लागि ठूलो भएको बताए । ‘आइबा अध्यक्ष नेपाल आउनुभएको छ । हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएकोमा धन्यवाद । अब यहाँको बक्सिङलाई वहाँले आफ्नै आँखाले नियाल्नु हुनेछ,’ अध्यक्ष अवालेले भने ।
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]