3 years ago
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । हेर्ने कथामा उनको जीवनी समेटेर कथा सार्वजनि भएपछि सिप्यानले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।
गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट लागेको थियो । सुदूरपश्चिमविरुद्ध ललितपुर ११ बाट कविताले फिल्डिङ गर्नेक्रममा खुट्टामा चोट लागेको थियो । उक्त खुट्टा उपचारको लागि पर्याप्त आर्थिक अवस्था नभएको कथा बाहिरिएपछि सिप्यानले १ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।
सिप्यानले कविताको उपचारको लागि अस्पताल र चिकित्सकसँग आवश्यक परामर्श साथै समन्वय गर्ने प्रतिवद्धता पनि जनाएको छ । नेपाली क्रिकेट समर्थक समाजले पनि कवितालाई आर्थिक सहयोग अभियान सुरु गरेको छ । कविताको वैशाखमा काठमाडौं मिडिसिटी हस्पतालमा शल्यक्रिया भएको थियो । कवितालाई मैदान फर्किन अझैं १ वर्षभन्दा बढी समय लाग्नेछ । खेलकै क्रममा घाइते भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले शल्यक्रिया बाहेक अन्य कुनैपनि खर्च बेहोरेको थिएन । जसको कारण कवितालाई आर्थिक समस्या भएको थियो ।
वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) २०१९ मा मा चितवन राइनोजलाई कविताले उपाधि जिताउन ५ खेलमा १० विकेट लिदै उत्कृष्ट बलर चुनिइन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटमा परेकी थिइन् । तर त्यसबेला पारिवारिक कारणले उनी छनोटमा सहभागी हुन पाइनन् ।
कविता सन् २०१२ मा कुवेतमा भएको एसीसी यू१९ वुमन्स च्याम्पियन्स मा नेपालले उपाधि जित्दा टोलीको उप कप्तान थिइन् । रुविना क्षेत्रीको कप्तानीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा कविताले प्रभावशाली प्रदर्शन गरिन् । त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै कविताले सन् २०१४ मा थाइल्यान्ड नेपालको सिनियर टोलीबाट कविताले खेलेकी थिइन् । त्यसबेला उनले चीन र हङकङसँग मैदान उत्रने अवसर पाएकी थिइन् ।
कविताको बारे सम्पूर्ण जानकारी पाउन यो पनि पढ्नुहोस् : कविताको पुनरागमन प्रयास : श्रीमानको प्रशिक्षण, परिवारको साथ
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]