default_image

3 years ago

November 11, 2021

टस जितेर पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

81 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तान र अष्ट्रेलिया दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् ।

पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ ।

पाकिस्तानले युएईमा पछिल्ला १६ टि२० आई खेलमा लगातार जित हात पारेको छ । युएई पाकिस्तानको दोस्रो घरेलु मैदानको रुपमा एक दशक देखि रहँदै आएको छ । त्यसैले पाकिस्तानलाई अतिरिक्त फाइदा छ । सुपर १२ को समूह २ मा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।

तीव्र गतिको बलिङ आक्रामक दुबै टोलीको सन्तुलित र बराबर देखिन्छ । तर ब्याटिङमा अष्ट्रेलिया भन्दा पाकिस्तान अघि देखिन्छ । पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानको उच्च लयलाई रोक्न अष्ट्रेलिया बलरलाई कठिन पर्नसक्छ । यस वर्ष टि२० खेलमा रिजवान र बाबर दुबैले १६ सय माथि रन बनाएका छन् । जारी विश्वकपमा बाबरले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गरेका छन् । मोहम्मद रिजवानले पाँच मध्य दुई खेलमा अर्धशतक प्रहार गरेका छन् ।

अष्ट्रेलिया ओपनर डेविड वार्नर लयमा फर्किएका छन् । अष्ट्रेलियाको लागि अतिरिक्त फाइदा हो । यता भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको पाकिस्तानको मनोबल उच्च छ । बाबर आजमले ५ खेलमा ४ अर्धशतक सहित २ सय ६४ रन बनाएका छन् । रिजवानले समान खेलमा २ सय १४ रन बनाएका छन् । ओपनर बाबर र रिजवानले भारतविरुद्ध १ सय ५२ र नामिबियाविरुद्ध १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए ।

अष्ट्रेलियाको प्लेइङ ११ :

आरोन फिन्च (कप्तान), प्याट कमिन्स, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

पाकिस्तानको प्लेइङ ११ :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, हरिस रौफ, हसन अली, ईमाद वासिम, मोहम्मद हफिज, फखर जमान, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी र शोएब मलिक ।

हेड टु हेड :

टि२० विश्वकपमा पाकिस्तान र अष्ट्रेलियाबीच कुल ६ खेल भएको छ । दुबै टोली ३–३ खेलमा विजयी भएका छन् । अष्ट्रेलियाले २०१६ मा पाकिस्तानलाई २१ रनले हराएको थियो । २०१४ र २०१२ मा पाकिस्तान १६ र ३२ रनले विजयी भएको थियो । २०१० को सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा ३४ रनले हराएको थियो । २००७ मा भने पाकिस्तान ६ विकेटले विजयी भएको थियो । अष्ट्रेलिया र पाकिस्तानबीच कुल २३ टि२० आई खेल भएका छन् । जसमा पाकिस्तान १२ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । एक खेल टाई र एक नतिजा विहीन छन् । पछिल्ला पाँच खेलमा दुबै टोलीले २–२ जित निकालेका छन् ।

टि२० विश्वकपमा यी दुई टोलीको इतिहास

पाकिस्तान २००९ को विश्वकप च्याम्पियन टोली हो । २००९ को फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २००७ को फाइनलमा भारतसँग ५ रनले पराजित भएको थियो । २०१० र २०१२ मा सेमिफाइनलबाट बाहिरिएको थियो । अष्ट्रेलिया २०१० को फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २००७ र २०१२ मा भने अष्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो । २०१० को सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ विकेटले हराएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.