3 years ago
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा न्युजिल्यान्डका कप्तन केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
न्युजिल्ल्यान्डले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । इंग्ल्यान्डले भने ओपनर जेसन रोयको स्थानमा साम बिलिंग्सलाई मौका दिएको छ । आजको खेलमा इंग्ल्यान्डको ओपनिङ जोनी बेयरस्टो र जस बटलरले गर्ने छन् ।
ओईन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने सोचमा छ । साढे दुई वर्षअघि इंग्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसिय विश्वकप फाइनलमा प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्डले सुपर ओभर पनि बराबर भएपछि बाउन्ड्री काउन्टको आधारमा उपाधि जितेको थियो । न्युजिल्यान्ड उक्त फाइनलमा बेहोरेको पिडाको बदला लिन चाहन्छ ।
ब्याटिङको पावर भएको इंग्ल्यान्ड र विलिम्यसको उत्कृष्ट कप्तानीमा सेमिफाइनल खेलेको न्युजिल्यान्डबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको थियो । मोर्गन र विलियम्सन वर्तमान समयका दुई उत्कृष्ट कप्तान मानिन्छन् । यी उत्कृष्ट दुई कप्तानको असली परिक्षा हुनेछ । २०१६ मा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड टि२० विश्वकपको फाइनलमा पुगेको थियो ।
इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै सुपर १२ को समूह १ मा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनको हार बेहोरेको थियो ।
न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटको हारको सामना गरेको थियो । इंग्ल्यान्डले वेस्टइन्डिजलाई ६ विकेट, बंगलादेश र अष्ट्रेलियालाई ८-८ विकेट र श्रीलंकालाई २६ रनले हराएको थियो । न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
न्युजिल्यान्ड कागजी रुपमा कमजोर मानिएपनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछ । उत्कृष्ट कप्तानी, टिम एकता र अनुशासनले उत्कृष्ट प्रभाव छाड्दै आएको छ । इंग्ल्यान्ड एक उत्कृष्ट टोली हो । विशेष गरि ब्याटिङ निकै मजबुत र गहिराई छ । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
हेड टु हेड
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच कुल २१ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड १२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । टि२० विश्वकपमा यी दुई टोलीबीच कुल ५ खेल भएका छन् । जसमा इंग्ल्यान्ड ३ र न्युजिल्यान्ड २ खेलमा पराजित भएको छ । २०१६ को सेमिफाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । २०१४ मा न्युजिल्यान्ड ९ रन, २०१२ मा इंग्ल्यान्ड ६ विकेट, २०१० मा इंग्ल्यान्ड ३ विकेट र २००७ मा न्युजिल्यान्ड ५ रनले विजयी भएका थिए ।
इंग्ल्यान्डको प्लेइङ ११ :
ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, क्रिस वोक्स र मार्कवुड ।
न्युजिल्यान्डको प्लेइङ ११ :
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, डेभन कन्वे, मार्टिन गुप्टिल, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी र एडम मिल्ने ।
टि२० विश्वकपमा यी दुई टोलीको इतिहास
इंग्ल्यान्डले २०१० मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१६ मा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनल यात्रा तय गरेको थियो ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]