3 years ago
November 8, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चक्रवर्तीको स्थानमा लेगस्पिनर राहुल चाहरलाई मौका दिएको छ ।
नामिबियाले पनि टोलीमा एक परिवर्तन गरेको छ । नामिबियाले कार्ल बिर्केनस्टकस्थानमा जेन फ्रिलिंकलाई मौका दिएको छ । समूह चरणबाटै बाहिरिएको भारत कमजोर नामिबियामाथि सानदार जितका साथ सुखद अन्त्य गर्ने सोचमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
नामिबिया ४ खेलमा ३ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि अघिल्लो चरण लगभग सकिएको थियो । सुरुवाती प्रमुख खेलको हारनै भारत बाहिरिनुको प्रमुख कारण बन्यो । नामिबियालाई ८ विकेट र अफगानिस्तानालाई ६६ रनले हराउँदै भारतले अघिल्लो चरणको सम्भावना राखेको थियो । तर अफगानिस्तान न्युजिल्यान्डसँग आइतबार ८ विकेटल पराजित भएपछि भारत औपचारिक रुपमा बाहिरिएको थियो ।
विश्वकप २०२१ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागि सकेको छ । सुपर १२ समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत रहेको सुपर १२ को समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाए ।
कप्तान विराट कोहलीको टि२० कप्तानको रुपमा यो अन्तिम खेल हो । नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग ६२ रन, पाकिस्तानसँग ४५ रन र न्युजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो ।
भारतको प्लेइङ ११ :
विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र मोहम्मद शामी ।
नामिबियाको प्लेइङ ११ :
स्टेफन ब्राड, माइकल भ्यान लिङ्गेन, क्रेग विलियम्स, गेरहार्ड इरास्मस (कप्तान), जेन ग्रीन (विकेटकिपर), डेविड विसे, जेन फ्रेलिंक, जेजे स्मित, जन निकोल लोफ्टीन इटन, रुबेन ट्रम्पलम्यान र बर्नार्ड स्कोल्ट्ज ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]