3 years ago
November 5, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा भारतले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका लिएको छ । स्कटल्यान्डले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।
शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जितको आवश्यक पर्दछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग खेल्नेछ । यी दुई खेलमा भारतलाई विशाल जितको आवश्यक पर्दछ । तर न्युजिल्यान्डले अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग पराजित भएमा मात्र नेटरनरेटको सम्भावना छ ।
पाकिस्तान सुरुवाती ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै झिनो आशा जीवित राखेको थियो ।
स्कटल्यान्ड भने सुपर १२ बाट बाहिरी सकेको छ । स्कटल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग १ सय ३० रन, नामिबियासँग ४ विकेट र न्युजिल्यान्डसँग १६ रनले पराजित भएको थियो । पछिल्लो खेलमा न्युजिल्यान्डसँग गरेको प्रदर्शनले मनोबल उच्च छ ।
भारतको प्लेइङ ११ :
विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र मोहम्मद शामी ।
स्कटल्यान्डको प्लेइङ ११ :
जर्ज मुन्शे, काइल कोट्जर (कप्तान), म्याथ्यु क्रस (विकेटकिपर), रिची बेरिंगटन, कलुम म्याकलड, माइकल लीस्क, क्रिस ग्रीभ्स, मार्क वाट, शफ्यान शारिफ, अलेस्डेयर इवांस र ब्राडली व्हील ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]