default_image

3 years ago

November 2, 2021

जन्मदिनमा जन्मभूमि भारतविरुद्ध चम्किएका सोधी

114 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

“जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी” अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर भारतमा जन्मिएर न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका इश सोधीको हकमा यो लागु नहुन सक्छ ।

आइतबार राती आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्यो । भारतलाई हराउन २९ वर्षिय लेगस्पिनर सोधीले उत्कृष्ट बलिङका साथ प्लेयर अफ द म्याच चुनिए । सोधीको जन्म भारतमै भएको हो । आफ्नै मुलका खेलाडी घातक बनेपछि उपाधिको दाबेदार भारत महासंकटमा छ । समूह चरणबाटै घर फर्किनु पर्ने अवस्थामा पुगेको छ ।

सोधीले आफ्नो जन्मभूमि विरुद्धनै उत्कृष्ट सफलता हात पारे । टि२० विश्वकप, त्यसमा भारतविरुद्ध दमदार प्रदर्शन र प्लेयर अफ द म्याच, यसले सोधीको २९ औं जन्मदिन एक विशेष र यादगार बनायो । सोधीले आफ्नो करिअरमा यो क्षण र प्रदर्शनलाई कहिल्यै भुल्ने छैनन् । पूर्व देशविरुद्ध सानदार प्रदर्शनका साथ क्रिकेट समर्थक तथा शुभचिन्तकलाई आफ्नो २९ औं जन्मदिनको विशेष उपहार दिए । एक खेलाडीले जन्मदिनमा देशलाई यो भन्दा ठूलो खुसीको उपहार के दिन सक्ला र…

दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ओपनर ईशान किशनलाई ४ र लोकेश राहुललाई १८ रनमा गुमाएको थियो । उक्त खराब सुरुवात गरेको भारतलाई कप्तान विराट कोहली र रोहित शर्मा आशाका अन्तिम किरण र प्रमुख खम्बा थिए । तर सोधीले ती आशा र सपना धेरै समय जम्न र मनमा खेल्न दिएनन् । केहि समयमै सबै चकनाचुर बनाईदिए ।

कप्तान केन विलियम्सनले आठौं ओभरमा सोधीलाई बलिङमा ल्याउने निर्णय लिएका थिए । जुन समय भारत ७ ओभरमा ३७–२ को अवस्थामा थियो । सोधीले चौथो बलमा रोहितलाई लङअनमा मार्टिन गुप्टिलबाट १४ रनमा क्याच गराउँदै महत्वपूण सफलता दिलाए । रोहितको विकेट न्युजिल्यान्डको लागि यस अर्थमा पनि महत्वपूर्ण थियो । तेस्रो ओभरमा ट्रेन्ट बोल्टको पहिलो बलमै एडम मिल्नेले क्याच ड्रप गर्दा रोहितले जीवनदान पाएका थिए ।

क्रिकेटमा जीवनदान ठूलो भारी पर्नसक्छ । अर्कोतर्फ रोहित टि२० क्रिकेटका आफैंमा एक महान् क्रिकेटर हुन् । त्यसपछि सोधीले ११ औं ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई आउट गर्दै न्युजिल्यान्डको जितको आधार तय गरेका थिए । कोहली लङअनमै ट्रेन्ट बोल्टबाट ९ रनमा समातिएका थिए ।

सोधीले प्रमुख दुई विकेट लिएपछि भारतले कुनैपनि खेलमा पुनरागमन गर्न सकेन । रोहित र विराटको विकेटपछि भारत पुरै दबाबमा पर्यो । न्युजिल्यान्ड खेलमा निरन्तर हाबी बन्यो र १ सय १० रनमै रोक्न सफल भएको थियो । यी दुई विकेट न्युजिल्यान्डको जितमा टर्निङ प्वाइन्टको रुपमा मोडियो । न्युजिल्यान्डले १ सय ११ रनको सामान्य विजयी लक्ष्य १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित हात मात्र पारेन सेमिफाइनलको सम्भावना पनि बलियो बनायो । खेलको सोधी प्लेयर अफ द म्याच बने । उत्कृष्ट प्रदर्शन र जितका साथ देशलाई जन्मदिनको खुसीको उपहार दिएका थिए ।

को हुन् ईश सोधी ?

ईश सोधीको जन्म सन् १९९२ अक्टोबर ३१ मा भारतको पन्जाबको लुधियानामा भएको हो । उनको पूरा नाम इन्दरवीर सिंह सोधी हो । छोटकरीमा ईश सोधी भन्ने गरिन्छ । सोधी चार वर्ष सम्म लुधियानामै थिए । त्यसपछि उनी पिता राजवीर सिंह र आमा स्मृत सोधीसँगै न्युजिल्यान्ड आएका थिए । चार वर्षको हुँदा उनको परिवारनै न्युजिल्यान्ड बसाई सकेको थियो । उनले आफ्नो वाल्यकाल न्युजिल्यान्डबाटै सुरुवात गरे र क्रिकेट सिके ।

सोधी बाल्यकालमा मिडियम पेश बलर थिए । सोधीका मेन्टर तथा न्युजिल्यान्डका पूर्व स्पिन अलराउन्डर दीपक पटेलको सल्लाहमा लेगस्पिनर बनेका थिए । उनको परिवार न्युजिल्यान्डको दक्षिण अकल्यान्डमा बस्ने गर्दथें । न्युजिल्यान्डको चर्चित सहर अकल्यान्ड क्रिकेटका लागि प्रसिद्ध छ । अकल्यान्डको क्रिकेट माहोलमा फक्रँदै गए । सोधीले अकल्यान्डमा रहेको पापटोएटो स्कुलमा पढेका थिए । उनका बुबा राजवीर पेशाले चिकित्सक र आमा स्मृति शिक्षिका हुन् । त्यसैले पनि उनलाई क्रिकेटमा लाग्न कुनै कठिनाई भएन ।

सोधीले बाल्यकालमा क्रिकेट खेल्दै हुर्किए । सन् २०१२–१३ सिजनको न्युजिल्यान्डको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता प्रथम श्रेणीको प्लन्केट शील्ड नर्थन डिस्ट्रिक्टबाट खेलेका थिए । उक्त समय २१ वर्षको कलिलो उमेरमा सोधीले सानदार छाप छाडेपछि न्युजिल्यान्डको सिनियर टोलीमा परेका थिए । प्रथम श्रेणीको डेब्यूको पहिलो इनिङमै ओटागोविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै ४८ रनको इनिङ खेलेका थिए । ओटागोविरुद्ध जेम्श निशम र निल वाग्नर जस्ता चर्चित बलर सामू उनले कलिलो उमेरमै देखाएको आत्माविश्वास र क्षमताले टोली प्रभावित बनेको थियो । पहिलो इनिङमा विकेट लिन नसकेपनि दोस्रो इनिङमा सोधीले दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

उक्त प्रतियोगितामा सोधीले १० खेलमा २० विकेट लिँदै राम्रो प्रभाव छाडेपछि न्युजिल्यान्ड छनोट समितिले उनलाई बंगलादेशसँगको दुई टेस्ट सिरिजको लागि अक्टोबरमा मौका दिएको थियो । पहिलो टेस्टमा सोधीले ३ विकेट लिएका थिए । २०१४ जुलाईमा वेस्टइन्डिजविरुद्ध टि२० आईमा डेब्यू गरेका उनले २०१५ अगष्टमा जिम्बावेविरुद्ध ओडिआईमा डेब्यू गरे । २०१६ को टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई ७९ रनमा अल आउट गर्न सोधीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । जसको कारण १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको भारत ७९ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा सोधीले विराट कोहली, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको विकेट लिएका थिए । न्युजिल्यान्डले २०१९ को एकदिवसिय विश्वकपमा फाइनलमा पुग्दा सोधी टोलीमा थिए । २०१७ को बिग ब्यास लिगमा सोधीले एडिलेड स्ट्राइकर्सबाट सिड्नी थन्डर्सविरुद्ध ३.३ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । २०१८ मा सोधीले आइपिएल राजस्थान रोयल्सबाट खेलेका थिए । यस सिजनमा भने सोधी राजस्थानको बलिङ सल्लाहकारको रुपमा थिए ।

न्युजिल्यान्डले आगामी दिनमा ठूला सफलता हात पार्ला । सोधीले यो भन्दा अझ उत्कृष्ट प्रदर्शन गर्न सक्लान् । तर जन्मदिनमा प्लेयर अफ द म्याच पाउनुको यो क्षण र प्रदर्शनलाई उनले कहिल्यै भुल्ने छैनन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.