3 years ago
October 29, 2021
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ ।
जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले ४७ बलमा ४ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे । अन्तिम १२ बलमा पाकिस्तानलाई जितको लागि २४ रन चाहिँएको थियो । १९ औं ओभरमा आसिफले तीव्र गतिका बलर करिम जन्नतलाई चार छक्का प्रहार गर्दै पाकिस्तानले जित पक्का गराए ।
शोएब मलिकले १५ बलमा १ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए । ओपनर मोहम्मद रिजवान स्पिनर मुजिब उर रहमानको तेस्रो ओभरको तेस्रो बलमा डीप स्क्वायर लेगमा नविन उल हकबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि बाबर र फखार जमानले ५२ बलमा ६३ रनको साझेदारी गरेका थिए ।
जमानलाई स्पिनर मोहम्मद नाबीले ३० रनमा एलबीडब्लू आउट गरे । जमानले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।राशिद खानको बलमा मोहम्मद हफिज १० रनमा क्याच आउट भए । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले १–१ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३२ बलमा ५ चौका सहित ३५ रनमा अविजित रहे । गुलबदीन नईब २५ बलमा ४ चौका र १ छक्का प्रहा सहित ३५ रनमा अविजित रहे । एक समय १२.५ ओभरमा ७६(६ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई सातौं विकेटका लागि गुलबदीन नईब र कप्तान मोहम्मद नाबीले ४५ बलमा ७१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि मध्यम योगफलमा पुर्याएका थिए ।
स्पिनर ईमाद वासिमले दोस्रो ओभरको तेस्रो बलमा ओपनर हज्रातल्लाह जजाईलाई हरिस रौफबाट शून्यमा क्याच गराउँदै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले तेस्रो ओभरको चौथो बलमा मोहम्मद शाहजादलाई ८ रनमा बाबर आजमबाट क्याच गराएका थिए । अस्गर अफगान पाँचौं ओभरको तेस्रो बलमा १० रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।
छैटौं ओभरको पहिलो बलमा हसन अलीले रहमानउल्लाह गुर्बाजलाई १० रनमा बाबरबाट क्याच गराएपछि अफगानिस्तान ३९–४ को अवस्थामा पुगेको थियो । करिज जन्नत १५ र नाजिबुल्लाह जद्रान २२ रनमा आउट भएका थिए । जद्रानले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १(१ विकेट लिए । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । पाकिस्तानले अव मंगलबार नामिबियासँग खेल्नेछ । अफगानिस्तानले पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले हराएको थियो । अफगानिस्तानले अव आइतबार नामिबियासँग खेल्नेछ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]