3 years ago
October 27, 2021
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३४ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।
शोएब मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र ड्र्याल मिचेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई १७ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि न्युजिल्यान्डका कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । गुप्टिल बोल्ड हुनुअघि २० बलमा ३ चौका प्रहार गरे ।
स्पिनर ईमाद वासिमले नवौं ओभरको दोस्रो बलमा ड्र्याल मिचेललाई फखार जमानबाट २७ रनमा क्याच गराए । मिचेलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा मोहम्मद अफिजले जमानबाट जेम्स निशम १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो ।
१४ औं ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लोक्रमका ग्लेन फिलिप्स १३, टिम सिफर्ट ८ र मिचेल सान्टनर ४ रनमा आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ । सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्यान्डले आइतबार भारतसँग खेल्नेछ । भारत र न्युजिल्यान्डबीचको खेल दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]