3 years ago
October 24, 2021
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन आइसिसी टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सकिबले टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए मा श्रीलंकाविरुद्ध एक विकेट लिँदै यस सफलता हात पारेका हुन् ।
सकिबले नवौं ओभरको पहिलो बलमा श्रीलंका ओपनर पाथुम निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै यस उपलब्धी हात पारेका थिए । लगत्तै दुई बलपछि सकिबले अविष्का फर्नान्डोलाई पनि बोल्ड आउट गरेका थिए ।
सकिबले २००७ को टि२० विश्वकप देखि हालसम्म गरि कुल २९ खेलमा ४१ विकेट लिई सकेका छन् । सकिबपछि पाकिस्तानका पूर्व अलराउन्डर शाहिद अफ्रिदीले ३४ खेलमा ३९ विकेट लिएका छन् । सकिबले अफ्रिदीको उक्त कीर्तिमान तोडेका हुन् । श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गाले टि२० विश्वकपमा ३१ खेलमा ३८ विकेट लिएका छन् । पाकिस्तानका पूर्व स्पिनर शाहिद अज्मलले ३६ विकेट लिएका छन् ।
सकिब टि२० आईमा सर्वाधिक धेरै विकेट लिने बलर समेत हुन् । सकिबले ९२ टि२० आई खेलमा १ सय १७ विकेट लिई सकेका छन् । मलिङ्गाले ८४ खेलमा १ सय ७ विकेट लिएका छन् । यी दुई बलर बाहेक अन्यले टि२० आईमा एक सयमाथि विकेट लिन सकेका छैनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ९९, शाहिद अफ्रिदीले ९८ र अफगानिस्तानका राशिद खानले ९५ विकेट लिएका छन् ।
शारजाह क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ११ ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनाएको छ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]