default_image

3 years ago

October 18, 2021

टि२० विश्वकप : विजयी सुरुवात गर्ने सोचमा श्रीलंका र आयरल्यान्ड

110 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२१ अन्तर्गत आज (सोमबार) समूह ए का दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंकाले नामिबियासँग खेल्दैछ ।

आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । नेदरल्यान्ड्सको पिटर सिलार र आयरल्यान्डको एन्डी बालबर्नीले कप्तानी गर्नेछन् । एसोसियट टोली नेदरल्यान्ड्स आयरल्यान्डलाई सरप्राइज दिँदै जित निकाल्ने सोचमा छ । आयरल्यान्ड नेदरल्यान्ड्सलाई हराउँदै अघिल्लो चरणको सम्भावना मजबुत बनाउन चाहन्छ ।

नेदरल्यान्ड्सका म्याक्स ओडाउड, पिटर सिलार र फर्द क्लासेन प्रमुख हतियार हुन् । ओपनर म्याक्स ओडाउड विष्फोटक ब्याटिङका लागि परिचित छन् । नेदरल्यान्ड्सका लागि टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत रहेका उनी आयरल्यान्ड्सलाई टाउको दुखाईका ब्याटर बन्न सक्छन् । बेन कपुर र बास डि लिडेले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पिटर सिलार र रायन टेन डेस्काटे प्रमुख अलराउन्डर हुन् । सिलार स्पिन बलिङ गर्ने गर्दछन् ।

आयरल्यान्डका ओपनर केभिन ओ ब्रायन र पल स्टर्लिङ प्रमुख ब्याटर र हतियार हुन् । यी दुबै ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आयरल्यान्डबाट सर्वाधिक रन बनाउने यी दुई खेलाडीको नाम अग्रस्थानमा छ । स्टर्लिङले ८९ खेलमा १ शतक र १९ अर्धशतक सहित २ हजार ४ सय ९५ रन बनाएका छन् ।

केभिन ओ ब्रायनले १ सय ७ खेलमा १ शतक र ५ अर्धशतक सहित १ हजार ९ सय ३४ रन बनाएका छन् । यी दुबै ब्याटर आक्रमक ब्याटिङको क्षमता राख्छन् । ग्रेथ डेलनी, कर्टिस क्याम्फर र जर्ज डोकरेल प्रमुख अलराउन्डर हुन् । तीन अलराउन्डर आयरल्यान्डको नायक बन्न सक्छन् । २१ वर्षिय बाँया हाते तीव्र गतिका बलर जोश लिटिल प्रमुख हतियार हुन् ।

त्यस्तै आजको दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच नेपाली समय अनुसार ७ : ४५ मा आबूधाबीमै सुरु हुनेछ । श्रीलंका सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । तर पहिलो पटक टि२० विश्वकप खेल्न लागेको नामिबिया कडा प्रतिस्पर्धा दिने सोचमा छ । नामिबियाको कप्तानी गेरहार्ड इरास्मस र श्रीलंका नेतृत्व दासुन शनकाले गर्नेछन् । श्रीलंका समूह ए को प्रमुख टोली हो । तर नामिबिया टि२० आईमा नतिजा उत्कृष्ट छ ।

श्रीलंका ओपनर अविष्का फर्नान्डो र कुशल परेराले गर्नेछन् । अविष्का उत्कृष्ट लयमा छन् । पछिल्ला चार टि२० खेल मध्य तीनमा अर्धशतक प्रहार गरेका छन् । चरिथ असलंका, दीनेश चान्डिमल र भानुका राजपक्ष प्रमुख ब्याटर हुन् । दासुन, वानिन्दु हसरंगा र धनन्जय डी सिल्भा प्रमुख अलराउन्डर हुन् । वान्दिुन प्रमुख हतियार हुन् । वर्तमान टि२० आई वरियता दोस्रो स्थानमा रहेका वानिन्दुले श्रीलंका टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । धनन्जय डि सिल्भाले ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गर्दै आएका छन् । श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिरा नामिबिया ब्याटरलाई निराश बनाउन सक्छन् ।

दक्षिण अफ्रिकी पूर्व अलराउन्डर डेविड विसी नामिबियाबाट खेल्दैछन् । जसले गर्दा नामिबिया टोली मजबुत बनेको छ । उनले दक्षिण अफ्रिकासँगै इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता फ्रेन्चाइज लिगको अनुभव बटुलेका छन् । २०१६ मा उनले दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका थिए । के्रग विलियम्स र स्टेफन ब्राड प्रमुख ब्याटर हुन् ।

यी दुबै ब्याटर आफ्नो उच्च प्रदर्शनमा जित सहज बनाउन सक्छन् । विलियम्सले पछिल्ला चारै टि२० आई खेलमा अर्धशतक प्रहार गरेका छन् । युगान्डाविरुद्ध ८१, यूएईविरुद्ध ५७, स्कटल्यान्डविरुद्ध ५० र पपुवा न्युगिनीविरुद्ध ५७ रनको इनिङ खेलेका छन् । विलियम्सको प्रदर्शन नामिबियालाई निकै महत्वपूर्ण हुने देखिन्छ ।

नामिबियालाई पहिलो पटक विश्वकप खेलाउन कप्तान इरास्मस र जेजे स्मितको योगदान निकै महत्वपूर्ण थियो । यी दुबै ब्याटर आक्रामक र ठूला सटको लागि परिचित छन् । स्मित तल्लोक्रमका राम्रो फिनिसर हुन् । स्मित बायाँ हाते तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । इरास्मसले स्पिन गर्ने गर्दछन् । पहिलो दिन समूह बी का दुई खेलमा ओमान र स्कटल्यान्डले विजयी सुरुवात गरेका छन् । ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराउँदा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले स्तब्ध पारेको थियो ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । नामिबिया र पपुवा न्युगिनीले टि२० विश्वकपमा डेब्यू गर्दैछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.