3 years ago
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो ।
पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए । सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसपछि पोखरा ब्याटिङ खासै सम्झन लायक रहेन ।
तीव्र गतिका बलर कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । छैटौं ओभरको अन्तिम बलमा साहन अर्चाचिगे साहब आलमबाट २ रनमा क्याच आउट भएका थिए । सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा अर्चाचिगे टप एज लागेर समातिन पुगे ।
स्पिनर सागर ढकालको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर विपिन रावल लङअफमा साहबबाट १७ रनमा क्याच आउट भएका थिए । विपिनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शेकुगे प्रसन्नाको १४ औं ओभरको दोस्रो बलमा किपिङ गर्नेक्रममा मोहम्मद शाहजादको औंलामा लागेपछि विकेटकिपर दीलिप नाथले गरेका थिए ।
कमलको १५ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका विवेक यादव लङअनमा सोमपालबाट ४ रनमा समातिन पुगेका थिए । एक बलपछि लोकेश बम एज लागेर विकेटकिपर दीलिप नाथबाट समातिदै गोल्डेन डक पेभिलिएन फर्केपछि पोखरा समस्यामा परेको थियो ।
कप्तान विनोद भण्डारीले २६ बलमा २ चौका सहित २२ रनमा आउट भए ।
तल्लोक्रमका विक्रम सोब १ र नन्दन यादव शून्यमा आउट भए । चितवनका कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र शेकुगे प्रसन्नाले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]