3 years ago
October 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए ।
फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आइतबार चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशको लागि अवसर पाउनेछ । पराजित हुने टोलीलाई दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका हुन् । लिगमा दिल्ली १४ खेलमा २० अंकका साथ शीर्ष स्थानमा रह्यो । चेन्नई १४ खेलमा १८ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
तेस्रो स्थानको बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच सोमबार शाहजाहमा हुनेछ । बेंगलोरको १४ खेलमा १८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहेको हो । चेन्नईको नेटरनरेट प्लस ०.४५५ रहँदा बेंगलोरको माइनस ०.१४० छ । कोलकता र मुम्बईको समान १४ अंक भएपनि नेट रनरेटको आधारमा कोलकता प्लेअफमा पुगेको हो ।
कोलकता रनरेट प्लस ०.५८७ रहँदा मुम्बईको प्लस ०.११६ रह्यो । मुम्बईलाई प्ले अफमा पुग्न अन्तिम खेलमा हैदराबादलाई १ सय ७१ रनको फराकिलो अन्तरल पराजित गर्नु पर्ने हुन्थ्यो । हैदराबादविरुद्ध २ सय ३५ रन बनाएको मुम्बईले ४२ रनको जित निकालेपछि बाहिरिएको हो ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरका विजेताबीच बुधबार प्रतिस्पर्धा हुनेछ । शुक्रबार फाइनल हुनेछ । सवै खेल नेपाली समय अनुसार ७ : ४५ पछि सुरु हुनेछन् । चेन्नईले हालसम्म तीन पटक आइपिएल उपाधि जितेको छ । ८ पटक आइपिएल फाइनल खेलेको छ ।
चेन्नईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नई उपविजेतामा सिमित भएको थियो । दिल्लीले गतवर्ष पहिलो पटक आइपिएल फाइनलमा खेलेपनि मुम्बईसँग पराजित हुन पुगेको थियो । बेंगलोरले हालसम्म उपाधि जितेको छैन । बेंगलोरले २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो । कोलकताले फाइनल पुगेको दुवै उपाधि जितेको छ । कोलकताले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]