default_image

3 years ago

October 7, 2021

राजस्थानमाथि कोलकता सानदार जित

142 views

0 Bookmark

एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि ८६ रनको सानदार जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । यो जितसँगै कोलकता शीर्ष चारमा रहेर प्लेअफमा खेल्ने निश्चित जस्तै बनेको छ ।


जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ८५ रनमा अल आउट भएपछि कोलकता प्लेअफ औपचारिकता बाँकी छ । राजस्थानका लागि राहुल टेवाटियाले ३६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । शिवम दुबेले २० बलमा १ छक्का सहित १८ रन बनाए । राजस्थानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । यशस्वी जैसावल शून्य, लियाम लिभिङटोन, सन्जु स्यामसन १, अन्जु रावत शून्य, ग्लेन फिलिप्स ८ र जयदेव उनादकट ६ रनमा आउट भए ।

कोलकता युवा तीव्र गतिका बलर शिवम माभीले ३.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । बरुणचक्रवर्ती र सकिब अल हसनले १–१ विकेट लिए । त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । कोलकता ओपनर सुभमन गिलले ४४ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । वेंकटेश ऐरले ३५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए । कोलकतालाई ओपनर १०.५ ओभरमा ओपनर गिल र ऐरले ७९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नितिश राणा १२, राहुल त्रिपाठी २१, दिनेश कार्तिक १४ र ओईन मोर्गन १३ रन बनाए । राजस्थानका क्रिस मोरिस, चेतन सकारिया, राहुल टेवटिया र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।

कोलकता प्लेअफ औपचारिकता बाँकी छ । कोलकता नेट रनरेटको आधारमा अन्तिम चारमा रहने पक्का जस्तै छ । मुम्बई इन्डियन्सले शुक्रबार सनराइजर्स हैदराबादाविरुद्ध खेल्दैछ । उक्त खेलमा कोलकतालाई पछि पार्न मुम्बईलाई २ सय ५० माथिको योगफल बनाउँदै १ सय ७१ रनको ठूलो फराकिलो जितको आवश्यक पर्छ । जसको कारण कोलकता प्लेअफ लगभग निश्चित बनेको छ ।

राजस्थान रोयल्स र पन्जाब किंग्स लिगबाटै बाहिरिएका छन् । हैदराबाद यसअघिनै बाहिरिएको थियो । दिल्ली शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । चेन्नई सुपर किंग्स पनि क्वालिफार औपचारिकता बाँकी छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा रहँदै लिग सकाएको छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ जित र ७ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा लिग समाप्त गरेको छ ।

मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १४ खेलमा ५ मा जित र ९ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १३ खेलमा १० मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.