3 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ ।
भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् । नेपाली घरेलु क्रिकेटका अनुवभी ब्याटर हासिम अन्सराीलेमौका पाएका छन् । चितवनले खडक बहादुर बोहरा, गौतम केसी र देव खनाललाई बेन्चमा राखेको छ । कमजोर ओपनिङ पछि सुधारको लागि चितवनले हासिमलाई मौका दिएको छ । पोखराले टोलीमा एक परिवर्तन गरेको छ । युवा ओपनर रित गौतमको स्थानमा सुनिल धमलालाई मौका दिएको छ । यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ ।
चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा थियो । शीर्ष दुई टोली क्वालिफायर खेल्न लागेका हुन् । यस खेलमा पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । आजनै दोस्रो खेलमा एलिमिनेटरमा तेस्रो स्थानमा रहेको भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।
चितवनको प्लेइङ ११ :
दीलिप नाथ, सोमपाल कामी (कप्तान), मोहम्मद शाहजाद, हासिम अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, साहब आलम, राजेश पुलामी मगर र ।
पोखरा प्लेइङ ११ :
विनोद भण्डारी (कप्तान), सुशान भारी, विक्रम सोब, लोकेश बहादुर बम, सुनिल धमला, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]