default_image

3 years ago

October 4, 2021

प्रदीपको उत्कृष्ट ब्याटिङमा भैरहवाको सानदार जित

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदीप ऐरीको उत्कृष्ट ब्याटिङ भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भैरहवा दोस्रो स्थानमा उक्लिदै गर्दै क्वालिफायर नजिक पुगेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भैरहवाका ओपनर प्रदीप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । प्रदीपको यो इपिएल करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । यसअघि प्रदीको उत्कृष्ट प्रदर्शशन पहिलो संस्करणको इपिएलमा ५५ रन बनाएको थियो । प्रदीपले नवौं ओभरको चौथो बलमा फाइन लेगमा तीव्र गतिका बलर गौतम केसीलाई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

भैरहवालाई ओपनर तमिम इकबाल र प्रदीप ऐरीले पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै जित सहज नजिक पुर्याएका थिए । तमिमलाई भीम सार्कीले ४० रनमा बोल्ड आउट गर्दै चितवनलाई पहिलो सफलता दिलाएका थिए । तमिमले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । प्रदीप सागर ढकालको बलमा देव खनालबाट क्याच आउट भएका थिए ।

उपुल थरंगा १९ बलमा ३ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । रोहित कुमार पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । चितवनको फिल्डिङ खेलमा कमजोर रह्यो । तमिमले तीन जीवनदान पाएका थिए । शेकुगे प्रसन्नाको आठौं ओभरको तेस्रो बलमा ब्यक्तिगत २९ रनमा करिम जन्नतले क्याच ड्रप गरेका थिए । त्यसअघि भीम सार्कीले प्वाइन्टमा ब्यक्तिगत २२ रनमा क्याच ड्रप गरेका थिए । तमिमले ३९ रनमा पनि जीवनदान पाएका थिए ।

चितवनका करिम जन्नतले सर्वाधिक २ विकेट लिए । सागर ढकाल र भीम सार्कीले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए ।चितवनका नियमति कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनको कप्तानी दीलिप नाथले गरेका छन् ।

तीव्र गतिका बलर धाम्मिका प्रसादले तेस्रो ओभरको दोस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरे । स्पिनर कुशल मल्लको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका शाहजाद लङअफमा दुर्गेश गुप्ताबाट क्याच आउट भएका थिए । करिम जन्नतले ब्यक्तिगत २० रनमा जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर कृष्ण कार्कीको दशौं ओभरको दोस्रो बलमा टप एज लागेपछि सट मिडविकेटमा कप्तान शरद भेषावकरले क्याच ड्रप गरेका थिए । कुशलको ११ औं ओभरमा दोस्रो बलमा देव खनाल ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट ६ रनमा स्टम्पिङ आउट हुनपुगे ।

कृष्णको १५ औं ओभरको पहिलो बलमा जन्नत लङअफमा गुप्ताबाट समातिन पुगे । अभिनाश बोहराले १६ औं ओभरको पहिलो बलमा भीम सार्कीलाई १६ रनमा बोल्ड आउट गरेका थिए । दुर्गेशले राजेश पुलामीलाई १४ रनमा बोल्ड आउट गरे । राजेशले ७ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा शेकुगे प्रसन्नाले ११ बलमा ३ छक्का सहित २४ रन बनाउँद्यै आउट भए । दीलिप नाथ ९ बलमा २ छक्का सहित १३ रनमा आउट भए ।

भैरहवा तीव्र गतिका बलर अभिनाश बोहराले अनिभनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।

चितवन यसअघिनै क्वालिफायरमा पुगि सकेको छ । भैरहवाले अन्तिम खेलमा काठमाडौंसँग मंगलबार खेल्ने छ । उक्त खेलमा भैरहवा विजयी भएमा शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने छ । पराजित भएमा आज हुने पोखरा राइनोज र काठमाडौं किंग्सबीचको नतिजाले प्रभाव पार्ने छ । काठमाडौं बाँकी दुबै खेलमा पराजित भएमा ललितपुर प्लेअफमा पुग्ने समिकरण छ ।

अंक तालिका

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । भैरहवा ग्ल्याडियटर्स ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ दोस्रो स्थानमा छ ।

पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर ५ खेलमा १ मा जित र ३ मा हार सहित ३ अंक जोड्दै चौथो स्थानमा । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा रहँदै बाहिरियो ।

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

January 15, 2025

एपिएफको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.