3 years ago
October 3, 2021
काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको चौथो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
भिजेको आउटफिल्डको कारण खेल निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएपछि ८-८ ओभरमा झारिएको छ । काठमाडौंले टोलीमा एक परिवर्तन गरेको छ । सिंगापुरका जनक प्रकाशको स्थानमा श्रीलंका अलराउन्डर अशान प्रियजनलाई मैदान उतारेको छ । विराटनगरले टोलीमा दुई परिवर्तन गरेको छ । अनुभवी स्पिनर वसन्त रेग्मी विराटनगरको खेलाडी सुचिमै छैनन् । वसन्त नहुँदा युवा स्पिनर अनिल खरेललाई मौका दिएको छ । त्यस्तै चन्द्रपाउल हेमराजको स्थानमा रयानखान पठानलाई मौका दिएको छ ।
सोमबार स्थगित भएको यस खेल आज पुन हुन लागेको हो । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौ स्थानमा छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । काठमाडौंले यो जित्नुपर्ने दबाब छ । विराटनगर लिग चरणबाटै बाहिरि सकेको छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट, भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो । चौथो खेलमा विराटनगर पोखरासँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । चितवन ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानामा रहँदै प्लेअफमा पुगि सकेको छ ।
विराटनगरको प्लेइङ ११ :
करण केसी (कप्तानं, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, सौरभ खनाल, हरि बहादुर चौहान, प्रतिश जि.सी, अनिल खरेल, दिलशान मुनाविरा, रयानखान पठान, सन्दीप रजाली र सिकन्दर राजा ।
काठमाडौंको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), सुवास खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, जनक प्रकाश, राजु रिजाल, जितेन्द्र मुखिया, अंमर सिंह राउटेला, रायन बर्ल गुलशन झा, रहमानउल्लाह गुरबाज ।
अंक तालिका
चितवन ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ४ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]