3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाइको सर्वोत्कृष्ट प्रदर्शनसँगै साविक विजेता ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको ललितपुरले पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।
जितको लागि २ सय २७ रनको कीर्तिमानी विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । विराटनगका दीलशान मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ५९ रन बनाए । ओपनर चन्द्रपाउल हेमराज र आसिफ शेखले ३.५ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आजमतुल्लाह ओमरजाईले बोल्ड गनुअघि हेमराजले १३ बलमा ४ चौका र १ छक्का सहित २८ रन बनाए । आसिफ शेख ३० बलमा ६ चौका सहित ३७ रनमा आउट भए ।
सिकन्दर राजा १२ बलमा २ चौका र २ छक्का सहित २४ रनमा आउट भएका थिए । स्पिनर ललितनारायण राजवंशीको १५ औं ओभरको चौथो बलमा राजा पवन सरार्फबाट क्याच आउट भएसँगै ललितपुरले खेलमा पूनरागमन गरेको थियो । बाँकी १७ रन जोड्न ४ विकेट गुमाएपछि विराटनगर जितको सम्भावना सकिएको थियो । अनिल साह ८, करण केसी ४ र सौरभ खनाल शून्यमा आउट भए । वसन्त रेग्मी ९ र प्रतिश जि.सी. ४ रनमा अविजित रहे । सुमित महर्जन २ रनमा आउट हुन पुगेका थिए ।
आजमतुल्लाह ओमरजाइले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । तर भैरहवाले उक्त लक्ष्य पूरा गर्नेक्रममा १९.४ ओभरमा ६ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।
ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्का ५८ सहित रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । ओमरजाइले ब्यक्तिगत २ रनमै जीवनदान पाएका थिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिडविकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई ठूलो भारी पर्यो ।
विराटनगरलाई ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर दीलशान मुनावीराले छैटौं ओभरको अन्तिम बलमा कुशललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । कशुलले १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का सहित २८ रन जोड्दै आउट भए । योगेन्द्र सिकन्दर राजाको ११ औं ओभरको अन्तिम बलमा सुमित महर्जनबाट क्याच आउट भए ।
१३ औं ओभरको पहिलो बलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सी।ले पवन सरार्फलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए । वसन्तले १४ औं ओभरको दोस्रो बलमा सान्दुनको बल ब्यक्तिगत ६६ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा सुमितले ओमरजाईको क्याच ड्रप गरेका थिए ।
नारायण जोशीले रामनरेश गिरीलाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । जोशी ४ बलमा ३ छक्का सहित १८ रनमा अविजित रहे । समग्रमा ललितपुरले खेलमा १९ छक्का प्रहार गरेको थियो । विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी.सिकन्दर राजा र दिलशान मुनाविराले १-१ विकेट लिए ।
विराटनगरको लगातार तेस्रो हारसँगै अघिल्लो चरणको सम्भावना अव अंकगणीतिय झिनो आशा मात्र बाँकी छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट र भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको थियो । विराटनगरले शनिवार पोखरा राइनोजसँग खेल्ने छ । ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन ७ विकेट र पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । भैरहवासँग खेल बराबर भएपछि ललितपुरले अंक बाँडेको थियो । यो जितसँगै साविक विजेता ललितपुरले अघिल्लो चरणको सम्भावना कामयै राखेको छ । ललितपुरले आफ्नो अन्तिम खेल चितवन टाइगर्ससँग आइतबार खेल्ने छ ।
अंक तालिका
भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ शीर्षस्थानमा छ । चितवन २ खेलमा २ मानै जितका साथ ४ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । पोखरा २ खेलमा एकमा जित र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा उक्लिएको छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ३ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]