3 years ago
October 1, 2021
काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको ११ औं खेलमा ललितपुर प्याट्रियटर्सले विराटनगर वारियर्सविरुद्ध सानदार सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ७० रन बनाएको छ ।
ललितपुरका ओपनर सान्दुन विराक्कोडी १९ बलमा ९ चौका सहित ३८ रनमा अविजित छन् । सान्दुनले भैरहवा ग्ल्याडिटयर्सविरुद्ध ५८ रनको इनिङ खेलेका थिए । कप्तान कुशल भुर्तेल १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रनमा क्याच आउट भए । ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको आक्रामक साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । कप्तान कुशल छैटौं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए ।
विराटनगरले टोलीमा कुनै परिवर्तन गरेको छैन । ललितपुरले एक परिवर्तन गरेको छ । भारतीय विकेटकिपर ब्याटर जयकिशन कोल्सावालालाई ललितपुरको टोलीमा छन् । उनी यसअघि ललितपुरको टोलीमा थिएनन् । २०१८ मा ललितपुरले उपाधि जित्दा कोल्सावालाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितपुरले ओशदा फर्नान्डोलाई बाहिर राख्दै कोल्सावालाई मौका दिएको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि ललितपुरले कोल्सावालाई टोलीमा समेटेको बुझिएको छ ।
२०१८ मा कोल्सावालाले ललितपुरबाट ७ खेलमा २ अर्धशतक सहित कुल १ सय ८८ रन बनाएका थिए । २०१९ मा धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाइसी अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण कोल्सावाले काठमाडौं गोल्डेनबाट खेलेका थिए ।
विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट र भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको थियो । ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन ७ विकेट र पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । भैरहवासँग खेल बराबर भएपछि ललितपुरले अंक बाँडेको थियो । दुबै टोलीले प्लेअफको सम्भावना कायमै राख्न आजको जित जित्नै पर्ने हुन्छ ।
ललितपुरको प्लेइङ ११ :
कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, ललितनारायण राजवंशी, नारायण जोशी, सन्दुन वीराक्कोडी, जयकिशन कोल्सावाला, अजमतुल्लाह ओमरजाई ।
विराटनगर प्लेइङ ११ :
करण केसी (कप्तान) आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, रामनरेश गिरी, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, वसन्त रेग्मी, दिलशान मुनाविरा, चन्द्रपाउल हेमराज र सिकन्दर राजा ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]