3 years ago
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीको स्कोर बराबर भएपछि खराब प्रकाशको कारण सुपर ओभर हुन नसकेपछि १-१ अंक बाँडेका छन् ।
जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएपछि खेल ड्र भएको थियो । भैरहवालाई जितको लागि अन्तिम ६ बलमा १८ रन चाहिएको थियो । ललितपुरका युवा तीव्र गतिका बलर राशिद खानले १७ रन खर्चेपछि खेल बराबरी भएको थियो ।
अन्तिम बलमा ७ रन आवश्यक पर्दा कप्तान शरदले आफूले खेलेको पहिलो बलमा नै छक्का प्रहार गरेका थिए । भैरहवाका लागि श्रीलंका पूर्व कप्तान समेत रहेका उपुल थरंगा ४४ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६७ रनमा अविजित रहे । कप्तान शरद १ बलमा १ छक्का सहित ६ रनमा अविजित रहे ।
अन्तिम ओभरको पहिलो बलमा पवनले उत्कृष्ट फिल्डिङ गरेपछि राशिदले दुई रन खर्चेका थिए । दोस्रो बलमा पनि कुशलले दुई रन बटुले । तेस्रो बलमा कुशल मल्ल ३५ रनमा क्याच आउट भए । कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो बलमा उपुलले लङअनमा छक्का प्रहार गरेपछि खेल रोमान्चक बनेको थियो । पाँचौ बलमा एक रन बटुले । अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा कप्तान शरद भेषावकरले लङअफमा छक्का प्रहार गरेपछि खेल ड्र भएको थियो । शरदले सामना गरेको त्यो पहिलो बल थियो ।
तीव्र गतिका बलर राशिद खानले चौथो ओभरको दोस्रो बलमा प्रदीप ऐरी २ रनमा अमजतुल्लाह ओमरजाईबाट क्याच आउट भएका थिए । युवा बाँया हाते तीव्र गतिका बलर रिजन ढकालले पाँचौं ओभरको चौथो बलमा ओपनर तमिम इकबाललाई कप्तान कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट गराएका थिए । ठूलो सट खेलेका तमिम लङअफमा समातिन पुगेका थिए । तमिमले १६ बलमा ३ चौका प्रहार गरे ।
राशिदले छैटौं ओभरको पहिलो बलमा रोहित कुमार पौडेलालाई २ रनमा रिजनबाट क्याच गराउँदा भैरहवा २९–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि उपुल थरंगा र आरिफ शेखले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै भैरहवालाई जितको आशा कायम राखेका थिए । रिजनको १५ औं ओभरको अन्तिम बलमा आरिफ २८ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए । त्यसअघिको रिजनकै ओभरमा डिप मिडविकेटमा ललितलेनै २७ रनमा क्याच ड्रप गरेका थिए । आरिफले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
ललितपुरका रिजन ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । ललितपुरका सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । कुशल काठमाडौंसँग खेलमा गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भए । दोस्रो विकेटका लागि दुई श्रीलंका ब्याटर फर्नान्डो र विराक्कोडीले ६६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ अघि बढाएका थिए ।
१७ औं ओभरको अन्तिम बलमा थर्डबाट रोहितले डाइरेक्ट थ्रोमा सन्दीपलाई रन आउट गराएका थिए । पवन सरार्फ १ रनमा बोल्ड आउट भए । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । भैरहवाका अभिनाष बोहराले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १–१ विकेट लिए ।
पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो । ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको हो । शुक्रबार ललितपुरले विराटनगरसँग खेल्ने छ । भैरहवाले शनिवार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]