default_image

3 years ago

September 26, 2021

दुर्गेशको घातक बलिङसँगै संकटमा पोखरा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताको घातक बलिङमा भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिलए) मा पोखरा राइनोजविरुद्ध सानदार सुरुवात गरेको छ ।

टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले सुरुवाती ५ ओभरमा ५ विकेट गुमाउँदै १८ रन बनाएको छ । पोखरा असेला गुणरत्ने ५ र विवेक यादव १ रनमा अविजित छन् । तीव्र गतिका बलर धाम्मिका प्रसादले पहिलो ओभरको दोस्रो बलमै ओपनर रिचार्ड लेभीलाई कभरमा कप्तान शरद भेषावकरबाट एक रनमा क्याच आउट गराएका थिए ।

दुर्गेशले दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएका थिए । इपिएलमा पाहिलो खेल खेलि रहेका दुर्गेशले दोस्रो ओभरको पाँचौ बलमा विपिन रावललाई ६ रनमा प्रदीप ऐरीबाट क्याच आउट गराए । अर्को बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा बोल्ड आउट गरे । विनोद गोल्डेन डक आउट भए ।

चौथो ओभरको पहिलो बलमा धमला विकेट लिन नसकेपछि ह्याट्रिकबाट चुकेका थिए । तर लगत्तै अर्को बलमा धमलालाई एक रनमा दुर्गेशले बोल्ड आउट गरे । पाँचौं ओभरको पहिलो बलमा अभिनाशले लोकेश बमलाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराएपछि पोखरा १२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

दुर्गेश भैरहवामा अनुबन्ध

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

Success

Thank you for your time.