default_image

3 years ago

September 26, 2021

विराटनगरविरुद्ध चितवन पहिला बलिङ गर्दै

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् ।

चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । करणले इपिएलमा पहिलो पटक कप्तानी गर्दै छन् । विराटनगरमा युवा खेलाडीको बाहुल्यता छ ।

हिजो भएको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले चितवनलाई पराजित गरेको थियो । आज नै हुने अर्को खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडीयटर्स खेल्नेछन् ।

चितवन टाइगर्स टोली :

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी, भीम सार्की, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान)

मुख्य प्रशिक्षक : सामसनजंग थापा

विराटनगर टोली :

करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (उपकप्तान), अनिल खरेल, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, विक्रम कुमार भुषाल, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे)

मुख्य प्रशिक्षक : मनोज कटवाल

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.