default_image

3 years ago

September 26, 2021

उपाधिका दाबेदार पोखरा र भैरहवा भिड्दै

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैहरवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो १ : ३० मा टियु मैदानमा हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । ब्याटिङमा बढी खुबी भएका दुबै टोली प्रतियोगितामा सानदार विजयी सुरुवात गर्न चाहन्छन् ।
भैरहवामा चार विदेशीको खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मलेसिया शार्विन मुनिआन्दी छन् ।

प्लेइङ–११ तीन विदेशी खेलाडीमा तमिम, थरंगा र धाम्मिका खेल्ने सम्भावना छ । तमिम र थरंगाबाट भैरहवा उत्कृष्ट प्रदर्शन चाहन्छ । पोखरालाई यी दुई स्टार ब्याटर निराश बनाउन सक्छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, शरद भेषावकर टोलीमा हुँदा ब्याटिङ मजबुत छ ।

अलराउन्डरमा भुवन कार्की र कृष्ण कार्की छन् । तीव्र गतिका बलरमा अभिनाश बोहरा, दुर्गेश गुप्ता र धाम्मिका छन् । युवा तीव्र गतिका बलर दुर्गेशले सबैलाई सरप्राइज दिन सक्छन् । उनको बलमा गती राम्रो छ । स्पिनरको रुपमा कुशल र भुवन रहने छन् । तमिम, कुशल र अभिनाश प्रमुख हतियार हुन् ।

पोखरामा दक्षिण अफ्रिकी रिचार्ड लेभी छन् । लेभी, श्रीलंका असेला गुणरत्ने, सहान अर्चाचिगे र वेस्टइन्डिजका केस्रिक विलियम्स छन् । उनी विष्फोटक ब्याटिङ गर्नेगर्दछन् । लेभीलाई रित गौतम र सुनिल धमला मध्य एकले मौका दिनेछन् । लोकेश बम, विनोद भण्डारी, असेला गुणरत्ने रहनेछन् ।

तल्लोक्रममा केस्रिक विलियम्स, विपिन खत्री र विवेक कुमार यादव छन् । किशोर महतो, विक्रम सोब र नन्दन यादव तीव्र गतिका बलरका रुपमा छन् । यी तीनै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् । लेभी, विलियम्स र लोकेश घातक बन्न सक्ने खेलाडी हुन् ।

पोखरा टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका)

मुख्य प्रशिक्षक : उमेश पटवाल

भैरहवा टोली : शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया) 

मुख्य प्रशिक्षक : पुबुदु दसानायिके

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.