default_image

3 years ago

September 25, 2021

बर्लको विष्फोटक ब्याटिङ

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –जिम्बावेका ब्याटर रयान बर्लले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध विष्फोटक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ ।

रयान बर्ल २८ बलमा १ चौका र ६ छक्का सहित ५६ रनमा अविजित छन् । रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए । स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्का सहित एकै ओभरमा २९ रन जोड्दै विष्फोटक अर्धशतक पूरा गरे ।
विकेटकिपर तथा ओपनर गुरबाज ३६ बलमा ४ चौका र ४ छक्का सहित ५६ रनमा आउट भए । उनले मात्र २४ बलमा अर्धशतक प्रहार गरेका थिए । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

काठमाडौंका स्पिनर रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरे । शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए ।

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

Success

Thank you for your time.