default_image

3 years ago

September 20, 2021

बेंगलोरमाथि कोलकाता सानदार जित

85 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका बायाँ हाते युवा ओपनर वेंकटेश ऐर २७ बलमा ७ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे । कोलकातालाई ओपनर गिल र ऐरले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । गिल स्पिनर युजभेन्द्र चहलको दशौं ओभरको पहिलो बलमा मोहम्मद शिराजबाट क्याच आउट गराएका थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भएको थियो । बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रन बनाए । कप्तान विराट कोहली, एवि डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान चल्न नसकेपछि बेंगलोर सस्तैमा समेटिएको थियो । बेंगलोरका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णले दोस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई पाँच रनमा एलबीडब्लू आउट गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर लोकी फर्गुसनले पाडिक्कललाई २२ रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट गराए ।

पाडिक्कलले २० बलमा ३ चौका प्रहार गरे । आन्द्रे रसेलले स्रिकर भारतलाई सुभमन गिलबाट १६ रनमा क्याच आउट गराए । रसेलले नवौं ओभरको चौथो बलमा बेंगलोरका प्रमुख ब्याट्सम्यान एवि डिभिलियर्सलाई बोल्ड गर्दै गोल्डेन डक आउट गरेका थिए । १२ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेललाई बरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई १० रनमा बोल्ड आउट गरेपछि बेंगलोर संकटमा परेको थियो । लगत्तै अर्को बलमा वानिन्दु हसरंगा गोल्डेन डक आउट हुन पुगे । जेमिसन ४ र सचिन बेबी ७ रनमा आउट हुँदा बेंगलोर ७६–८ को अवस्थामा पुगेको थियो । हर्षल पटेल १२ रनमा आउट भए ।

मोहम्मद शिराज ८ र युजभेन्द्र चहल २ रनमा आउट भए । कोलकाता वरुण चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णको नाममा एक विकेट रह्यो । कोलकाताले अव बिहिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । बेंगलोरले शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।यस जितले कोलकाता पाँचौं स्थानमा उक्लिएको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । कोलकाता ८ खेलमा ३ जित र ५ मा हार सहित ६ अंकका साथ पाँचौ स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

December 18, 2024

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स […]

December 18, 2024

अश्विनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी – भारतीय स्पिन अलराउण्डर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही समयपछि कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । हालै एडिलेडमा अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा खेलेका अश्विनले २ सय ८७ अन्तर्राष्ट्रिय […]

Success

Thank you for your time.