default_image

3 years ago

September 20, 2021

ओमान भ्रमणमा चल्न नसकेका तीन खेलाडी

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो ।

पहिलोे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो । अमेरिकाले दोस्रो खेलमा नेपाललाई ६ विकेटले पराजित गर्यो । अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ । त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले तयारी स्वरुप पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेलेको थियो ।

पहिलो खेलमा दुई विकेटको संघषपूर्ण जित निकाल्दा दोस्रो खेलमा कीर्तिमानी १ सय ५१ रनले पराजित गरेको थियो । ओडिआईमा नेपालको १ सय ५१ रनको अन्तर सर्वाधिक ठूलो हो । नेपाली टोली गत भदौ ८ मा ओमान पुगेको थियो । ओमान भ्रमणमा नेपालको प्रदर्शन अपेक्षा अनुसार भने हुन सकेन । ब्याटिङमा नेपालले आशा यो भन्दा फरक थियो । ओमान भ्रमणमा आफ्नो क्षमता र अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका तीन नेपाली खेलाडी यस प्रकार छन् ।

३. विनोद भण्डारी

विकेटकिपर विनोद भण्डारीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । घरेलु प्रतियोगिता प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप दुबैमा शतक प्रहार गरेका विनोद भण्डारीले ओमानमा ५ खेलमा कुल ७० रन बनाए । पपुवा न्युगिनीसँग दोस्रो खेलमा विनोदले १७, अमेरिकासँग ३७, ओमानसँग ६ र अमेरिकासँग दोस्रो खेलमा १० रनमा आउट भएका थिए ।

विनोदले पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए । उनको भूमिका मध्यक्रममा टोलीलाई सम्हाल्दै अन्त्यतिर आक्रामक इनिङ खेल्ने थियो । तर अमेरिकासँग पहिलो खेल बाहेक अन्य खेलमा त्यो भूमिका निर्वाह गर्न चुके ।

२. कुशल मल्ल

युवा अलराउन्डर कुशल मल्ल ओमान भ्रमणमा चल्न सकेनन् । कुशलले ५ खेलमा ७ रन बनाउन सके । कुशल नेपाली क्रिकेटका भविष्य मानिदै आएका छन् । यसअघिको अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले लगातार राम्रो प्रदर्शन गर्दै आएका थिए । टि२० आई र ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान कुशलकै नाममा छ ।

बायाँ हाते कुशल आक्रामक ब्याटिङका लागि बढी सिपालु मानिन्छन् । पपुवा न्युगिनीसँग दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । अमेरिकासँग एक, ओमानसँग चार र अमेरिकासँग शून्यमा आउट भएपछि नेपालले उनको स्थानमा शरदलाई मौका दिएको थियो । बलिङमा भने कुशलले ५ विकेट लिएका थिए ।

१. सोमपाल कामी

सोमपाल नेपालका प्रमुख अलराउन्डर हुन् । तर उनको प्रदर्शन खराब रह्यो । सोमपालले ६ खेलमा २ खेलमा मात्र एक एक विकेट लिन सके ।दुवै खेल पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण खेल थियो । सोमपाल त्रिकोणात्मक खेलका चारै खेलमा विकेटविहिन बन्न पुगे । पपुवा न्युगिनीसँग पहिलो खेलमा सोमपलले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । दुई विकेटको संघर्षपूर्ण जित दिलाउन सोमपाल २२ रनमा अविजित थिए ।

पपुवा न्युगिनीसँग दोस्रो खेलमा उनले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अमेरिकासँग पहिलो खेलमा ९ ओभरमा ४४ रन खर्चेका थिए । ओमानसँग ब्याटिङमा ७ रन बनाउँदा बलिङमा ४ ओभरमा ३८ रन खर्चेका थिए । जसक्रममा एकै ओभरमा ३० रन खर्चिन पुगेका थिए । अमेरिकासँग दोस्रो खेलमा ६ ओभरमा ३० रन खर्चेका थिए । ब्याटिङमा २ रन बनाएका थिए ।

अन्तिम ओभरमा सोमपालले ५ ओभरमा १५ रन खर्चिए । लगातार चार खेलमा विकेट लिन सकेनन् । पछिल्लो समय टि२० क्रिकेटमा पनि सोमपालबाट अपेक्षा अनुसार प्रदर्शन हुन सकेको छैन ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.